नेपाल डेरी एसोसियसनको राष्ट्रिय भेला सुर्खेतमा
  • काँचुली खबर

नेपालगन्ज  – दुधको बिक्री बितरणबाट दैनिक तीन करोड रुपैया शहरबाट गाउँ गएको नेपाल डेरी एशोसियसनले जानकारी दिएको छ ।
दैनिक ३ करोड रकम शहरबाट गाउँमा प्रवाह हुँदा ठुलो संख्यामा रोजगारी सिर्जना भएको डेरी एशोसियसनका अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराए । कर्णाली प्रदेशमा पुस १४ गते हुन लागेको डेरी एशोसियसनको २० औं वार्षिक साधारणसभाको बारेमा जानकारी दिन बुधवार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा देशभरको दुग्ध उत्पादनको अवस्थाका बिषयमा जानकारी दिदै अध्यक्ष सापकोटाले दुग्ध व्यवसायमा देशभरका ५ लाख कृषक आवद्ध भएको र ३० हजार बढी मानिसहरु उद्योगस्तरमा प्रत्यक्ष रोजगारी पाएको बताउनुभयो । डेरी एशोसियसनका अनुसार, दुग्ध उत्पादक उद्योगहरुबाट मात्र वार्षिक १ अर्व भन्दा बढि राजश्व उठ्छ भने यस क्षेत्रमा २५ अर्व भन्दा बढि लगानीका उद्योगहरु सन्चालनमा छन् । देशभर दैनिक ५० लाख लिटर दुध उत्पादन हुने गरेको छ । देशको आर्थिक उन्नतीमा ठुलो योगदान दिएपनि राज्यले भने प्रोत्साहन गनृ नसकेको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँले अझ सरकारले स्वदेशी दुग्ध उत्पादन गर्ने उद्योगी र कृषकलाईमा मारमा पार्ने गरी बिदेशी लगानी भित्राउन अनुमति दिने कुरा चिन्ताजनक भएको बताउनुभयो । डेरी एशोसियसनका महासचिव प्रहलाद दाहालले दुग्ध क्षेत्रमा देश आत्मनिर्भर बन्दै गएकाले बिदेशी लगानी भित्राउने कुरामा जोडदार बिरोध गर्नुभयो । उहाँले त्यस्तो अवस्था आए ५ लाख कृषक परिवारको रोजगारी जोखिममा पर्ने र २५ अर्व लगानी पूर्णरुपमा जोखिमयुक्त हुने दाबी गर्नुभयो । कर्णाली प्रदेशको सुर्खेतमा हुन लागेको डेरी एशोसियसनको वार्षिक साधारणसभामा यिनै बिषयमा कुरा उठ्ने पनि महासचिव दाहालले बताउनुभयो । साधारणसभाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले गर्नुहुने छ पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

  • १२ पुष २०७५, बिहीबार ०८:०४ प्रकाशित
  • Nabintech