नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले आफ्नो एक महिनाको तलवरभत्ता नेपाल मानव धर्म सेवा समितीलाई प्रदान गरेका छन । नगर प्रमुख राणाले मंगलबार नेपालगञ्ज १८ कारकाँदोस्थित नेपाल मानव धर्म सेवा समितीको आश्रमलाई एक महिनाको तलव तथा भत्ता वापतको ५० हजार रकम प्रदान गरेका हुन ।
स्थानीय निर्वाचनका बेला गरेको बाचा अनुसार नगर प्रमुख डा. राणाले आश्रम प्रमुख नन्दनी बाइईजीलाई सो रकम बराबरको चेक हस्तान्त्रण गरेका हुन । नगर प्रमुख राणाले महिनावारी तलव तथा भत्ता निरन्तर सार्वजानिक र मानव हितमा सहयोग गर्दै आएका छन । मानवीय सेवामा तल्लीन संस्थालाई सहयोग गरेर विकृति विसंगती विरुद्ध थप आवाज बुलन्द होस् भन्ने आफनो अभीप्राय रहेको नगर प्रमुख राणले बताए। समितीका अध्यक्ष इन्द्रलाल कँडेल लगायतका व्यक्तीको उपस्थिती रहेको कार्यक्रममा आश्रम प्रमुख नन्दनी बाइले नगर प्रमुख डा. राणाको सहयोगप्रति आभार व्यक्त गरेकी थिईन।
यसैबीच तुलसी पुजनका अवसरमा आश्रममा आयोजित रक्तदान कार्यक्रमको पनि नगर प्रमुख राणाले शुभारम्भ गरेका थिए। रक्त व्याग स्वास्थ्यकर्मीलाई हस्तान्त्रण गरेर रक्तदान शुरु गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालित रक्तदानमा ५५ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए ।
१० पुष २०७५, मंगलवार १८:०५ प्रकाशित