डुडुवा गाउँपालिकामा साझेदारी मन्च गठन
  • काँचुली खबर

स्थानीय सवालहरुमा छलफल गर्दै समाधानको बाटो पहिल्याउन स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय साझेदारी मन्च डुडुवा गाउँपालिकामा गठन गरिएको छ ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) नेपालगन्जले युएसएआडी र
एफएचआई ३६० को साझेदारीमा संचालन गरेको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत रहेर मन्च गठन भएको हो । नागरिक समाज र स्थानीय तहबिच कृषि, शिक्षा ,स्वास्थ्य, विपत व्यवस्थापनका साथसाथै अन्य सेवाप्रवाहका कुराहरुमा समस्या पहिचान र समाधानका लागि सबैलाई जिम्मेवार बनाउने थप
उद्देश्यले मन्च गठन गरिएको हो । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुुमार चौधरीको संयोजकत्वमा गाउँपालिकाका वडाका वडा अध्यक्ष, विषयगत
शाखाका सेवा प्रमुखहरु, कार्यपालीका सदस्य, वडा सदस्य र स्थानीय सभाका सदस्यहरु रहने गरी मन्च गठन गरिएको छ ।
साझेदारी मन्च गठन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर चौधरीले साझेदारी मन्चले सबैलाई स्थानीय सवालहरुमा छलफल गर्न एकैठाउँमा ल्याउने र एकआपसमा जवाफदेही र पारदर्शी बनाउन सहयोग पुग्ने
बताए । साथै सबै वडाहरुका सवालहरुलाई पनि यस मन्चले सम्बोधन गर्ने र पालिकाले गर्ने गतिविधीहरुमा सहयोग पुग्ने भन्दै साझेदारी मन्च नागरीक र
सेवाप्रदायक बिच छलफलको राम्रो साझा मन्च भएको अध्यक्ष चौधरीले स्पष्ट पारे । स्थानीय तहका सवैको सहभागितामा मन्च गठन गरिएकाले आगामी दिनमा यसले सन्चालन गर्ने सचेतनामूलक कार्यक्रममा सहयोग गर्न चौधरीले सवै वडा अध्यक्ष तथा सरोकारवालाहरुलाई आआफनो सोचमा परिवर्तन गर्नु पर्ने र आगामी दिनहरुमा यस्ता कार्यक्रमहरु गाउँ स्तरमा लैजानु पर्ने आग्रह समेत गरे ।
त्यस्तै मन्च गठन कार्यक्रममा वोल्दै डुडुवा गाउँपालिकाका उपाध्यक्ष साहिदा बानोले साझेदारी मन्च गठनले गाउँपालीकाले गरि आएका कार्यक्रमहरुमा थप सहयोग पुग्ने र सबै वडाका समस्याहरु पहिचान गर्न सहज हुने बिश्वास व्यक्त गरिन् । सो कार्यक्रममा विषयगत शाखाका सेवा प्रमुखहरु, कार्यपालीका सदस्य, वडा सदस्य र स्थानीय सभाका सदस्यहरु, सामुदायिक
अनुसन्धानकर्ता र सामुदायिक सन्चारकर्मी, नागरिक समाजका सदस्य लगायतको उपस्थिती रहेको थियो । आईएचआरसी नेपालगन्जले डुडुवा गाउँपालिकाको ४ र ५ नम्वर वडामा पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत सचेतनामूलक कार्यक्रमहरु सन्चालन गरिरहेको र परियोजनाको उद्धेश्य बारे संस्थाका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले बताए ।

सो साझेदारी मन्चको विषय बारेमा वडा नम्बर ५ का वडा अध्यक्ष पर्शुराम बुढाथोकी, वडा नम्बर १ का वडा अध्यक्ष पटेश्वर बर्मा, शिक्षा शाखाका रामएकबाल मण्डल, महिला तथा बालबालिका शाखाका प्रभा शाही, कृषि शाखाका धनसिहं बोहराले बोलेका थिए । पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत सन्चालित कार्यक्रमहरुले नागरिक समाज र स्थानिय तह सन्चार वीच समन्वयकारी भूमिका खेलीरहेको बारेमा एनएनएसडब्लुएका बिनोदबिक्रम जैरुले सहजीकरण गरेका थिए । सोही अवसरमा लैंगिक हिंसाको १६ दिने अभियानको बारेमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) का अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले जानकारी गराएका थिए ।

  • ९ मंसिर २०७५, आईतवार २१:४९ प्रकाशित
  • Nabintech