उद्योगी र व्यवसायिहरुलाई यतिखेर चुनाबी चटारोले छोएको छ । प्यूठान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि व्यावसायिहरु चुनावी मैदानमा होमीएका छन । विहीबारबाट जिल्लाका ९ वटै स्थानीय तह अन्तर्गतका बजार इलाकाको अधिवेशन शुरु भएको छ । मंसिर २९ गते हुने संघको दशौं जिल्ला अधिवेशनकालागि बस्तुगत र एसोसियट सदस्य निर्वाचित भइसकेका छन । बुधबार भएको निर्वाचनमा बस्तुगत सदस्यमा हार्डवेयर व्यवसायी संघका सुर्यचन्द्र खनाल र सगरमाथा पञ्चरत्न ग्रुप प्रालीबाट एसोसियट सदस्यमा झविन्द्र शर्मा निर्वाचित भएका हुन् ।
मच्छी बजार इलाकाको अधिवेशनबाट शुरु भएको बजार इलाकाको अधिवेशन १७ गते सकिने प्युठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिए । आईतबार सम्म झिमरुक र भित्रीकोट बजार ईलाकाको अधिबेशन सम्पन्न भएको हो । झिमरुक बजार क्षेत्रमा धर्म बहादुर जिसीको नेतृत्वमा बामपन्थी विचार राख्ने व्यवसायीहरुको प्यानल विजयी भएको छ भने भित्रीकोट बजार ईलाकामा मधुसुदन शर्मा नेतृत्वको व्यवसायीहरूको प्यानलै विजयी भएको छ । भित्रीकोट बजार इलाकामा काग्रेस निकट प्यानलकी लक्ष्मी केसी सदस्यमा बिजयी भएकी हुन् ।
जिल्लाका अन्य बजार ईलाकामा पनि चुनावको तयारी स्वरुप व्यवसायीले प्यानल बनाउन शुरु गरिसकेका छन् । संयुक्त व्यवसायिक प्यानलका तर्फबाट उम्मेदवार टुंगो लगाएको छ । संयुक्त प्यानलबाट अध्यक्ष केदारमान कक्षपति, बरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर खत्री (प्रभात) प्रथम उपाध्यक्ष दुर्गा भुसाल, द्धित्तिय उपाध्य मुक्ति पोख्रेल, महासचिव कृष्णभक्त गिरी, उपमहासचिव पदम खड्काको उम्मेदवारी रहेको छ ।
९ मंसिर २०७५, आईतवार १५:४५ प्रकाशित