लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यापक र प्रभावकारी बनाइने भएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि २४ गते सम्म कोहलपुरमा विविध कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरिने भएको हो । कोहलपुर नगरपालिकाको अगुवाईमा विभिन्न संघ सस्थासँगको सहकार्यमा सचेतनामुलक र प्रचारात्मक कार्यक्रम गरिने तयारी गरिएको छ । नगरपालिकाद्धारा शुक्रबार नगरमा सक्रिय रहेका सरोकारवाला संघ संस्थाका प्रतिनिधीहरुसँगको छलफलमा अभियानको व्यापकता र सफलताका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
अभियान अन्तगर्त दिप प्रज्वलन, पम्पलेट वितरण, सडक नाटक, विद्यालयमा अभिमुखीकरण, रेडियो कार्यक्रम लगायतका सचेतनामुलक कार्यक्रमहरु संचालन गरिने कोहलपुर नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख सन्जु थारुको अध्यक्षतामा भएको छलफलमा संघ संस्थाका प्रतिनिधिहरुले सहकार्यको प्रतिवद्धता समेत जनाएका थिए । लैगिक हिंसा सबैको साझा सवाल भएकाले अभियानमार्फत प्रभावकारी कार्यक्रम गरिने उपप्रमुख थारुले जानकारी दिईन ।
हरेक वर्ष अंगे्रजी महिनाको नोभेम्बर २५ महिला विरुद्धको अन्तर्रािष्ट्रय दिवसबाट शुरु गरी डिसेम्बर १० अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्म अभियान सञ्चालन गरिन्छ ।
७ मंसिर २०७५, शुक्रबार १९:४७ प्रकाशित