बाँकेका स्थानिय तहलाई अदालतले भन्यो, ‘छाडा पशु चौपाया ब्यवस्थापन गर’ !
  • काँचुली खबर

छाडा पशु चौपायाहरुको उचित संरक्षण गर्न उच्च अदालत तुलसीपुर इजलाश नेपालगञ्जले बाँकेका सबै स्थानिय तहरुलाई अन्तरिम आदेश जारी गरेको छ । छाडा पशु तथा नीजि चौपायाको सरंक्षण सम्वद्र्धन साथै नागरिकहरुको ज्यान आत्मसम्मानको सरंक्षण सम्वद्र्धन गर्नु पर्ने माग राख्दै २१ गते परेको सार्वजनिक सरोकारको रिट निवेदनमा उच्च अदालत तुलसीपुर इजलाश नेपालगजंमा बहस हुदाँ उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जले विपक्षीहरुलाई अन्तरिम आदेश गरेको छ ।
उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जका माननीय न्यायाधिश खुशी प्रसाद थारुको एकल इजलासले उक्त आदेश दिएको हो ।
सार्वजनिक सरोकारको रिट निवेदन दिनेहरुमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सदस्य नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का लक्ष्मी तिवारी, नेपालगन्ज उच्च अदालत बार एसोसिएसनका कोषाध्यक्ष नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बस्ने सुदीप कुमार भट्टराई रहेका छन् ।
२२ गते भएको बहसमा निवेदकहरुको पक्षबाट अधिवक्ता विश्वजित तिवारी, अधिवक्ता सुदिप कुमार भट्टराई, अधिवक्ता सुनिल श्रेष्ठ र बल बहादुर चन्दले बहस गरेका थिए ।
विपक्षीहरुमा नेपालगजं उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउपालिका बैजनाथ गाउपालिका, राप्ती सोनारी गाउपालिका खजुरा गाउपालिका, डडुवा गाउपालिका, नरैनापुर गाउपालिका, जिल्ला प्रशासन कार्यालय बाँके र बाँके राष्ट्रिय निकुन्ज रहेका छन् ।
हाललाई स्थानीय श्रोत साधनको परिचालन गरि छाडा रहेका पशु चौपाया नियन्त्रण एवं ब्यवस्थापनको ब्यवस्था मिलाउनु, छाडा रहेका गाई तथा अन्य पशुहरुको संरक्षण, सम्बद्र्धन ब्यवस्था गर्नु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको अधिवक्ता विश्वजित तिवारीले बताए ।

  • २३ आश्विन २०७५, मंगलवार २१:५२ प्रकाशित
  • Nabintech