कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट...
कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । मंगलबार बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् । नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी...
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनर्बहाली भएका चार सांसद अनुपस्थित हुने भएका छन् । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा अनुपस्थित हुने भएका हुन् । सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि...
गत शुक्रबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा स्थानीय गाउँलेसँग राती ९ देखि २ बजेसम्म भिडन्त गरेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले मादक पदार्थ सेवन गरेको प्रमाणित भएको छ । सोही राती अस्पतालमा उपचारको क्रममा प्रहरीले...
अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो...
सर्वोच्च अदालतले कर्णालीका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय...
प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अश्लिल क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय बिनोद पुन रहेका छन् । पुन होटल सञ्चालक समेत...
फिरन्ते जाति राउटे समुदायको बस्ती सिल गरिएको छ । असुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले राउटे बस्ती सिल गरेको हो । ‘बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाएका छौँ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद...
प्रदेश १ र कर्णाली प्रदेशमा सोमबारदेखि बजेट अधिवेशन सुरु हुँदैछ । संघीय सरकारले (जेठ १५ गते) बजेट ल्याएको १५ दिनभित्र बजेट ल्याउनुपर्ने कानुनी बाध्यताका बीच ढिला गरी अधिवेशन बोलाइएको हो । आर्थिक कार्यविधि ऐन अनुसार बजेट ल्याउनुपूर्व १५ दिन पूर्वबजेट...
राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ । ती युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक...