‘हाम्रो अभियान, साहित्यिक पहिचान’ भन्ने मुख्य नाराका साथ बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा अवस्थित तक्षशिला एकेडेमीमा आइतबार ११६ औं रचना वाचन श्रृङ्खला सम्पन्न भएको छ । ११६ औं...
एक वर्षै लामो लव अफेयरले आकार ग्रहण गरेको पनि आज दुई वर्ष भएछ अर्थात दोस्रो बैवाहिक वर्ष गाँठ । पहिलो बैवाहिक वर्ष गाँठ मनाउँदाको भव्यता सम्झदै ओछ्यानमै दुई थोपा आँसु चुहायो, अनुजले । उसले यो पनि सम्झ्यो, बस दूर्घटनाका कारण स्पाइनल इन्जुरीले ओछ्यान परेको...
सात वर्ष अघि जिम्वाल खानदानमा जुनेली भित्रिंदा सबैले भाग्यमानी रहिछे भन्थे । नभन्दै खान लाउनको कुनै कमी थिएन । घरमा नोकर चाकर थिए । कामको पनि त्यति चटारो थिएन । सबै भरिपूर्ण हुँदा पनि जुनेलीलाई केही अभाव खट्किरहेको थियो । गाउँघर छरछिमेकमा पनि गाइँगुई...
दुर्गानन्द बाजेले पत्नीबाट सन्तान नभएको भन्दै कान्छी भित्र्याए । भगवानको लीला ! कान्छीबाट पनि सन्तान भएनन् । दुई सौताबिच मनमुटाव बढ्दै गयो । पत्नीहरुको मनमुटावको असर दुर्गानन्द बाजेमा गएर ठोकियो । बाजेले उपहार स्वरुपमा टेन्सन र डिप्रेसन पाए । बाजे...
विदाको दिन उत्सवले साथीको मोबाइल लोकेशन ट्रयापिङ्ग गर्यो । गोदावरी लोकेशन देखायो । कलेजको सबभन्दा मिल्ने साथी यसरी जानकारी बेगर घुम्न गएको कुराले चकित पर्यो । मनको कौतुहलता मेट्न फोन गर्यो, 'हेलो ! ओ गाइच कता ?' 'बोटानिकल पार्क, गोदावरी । गाइच ।' 'हामीलाई...
माघ महिनाको कुरा हुनुपर्छ । बाक्लो कुहिरो र चिसो उस्तै उस्तै थियो । कृष्ण सर्वहारि कलिङ भन्दै मोबाईलको घन्टी बज्दा म चिया पिउदै थिएँ । कृष्ण सर्वहारी कोहलपुर आउनुभएको रहेछ । कहाँ हुनुहुन्छ तपाईलाई भेट्न आउदै छु है ? सर्वहारी कोहलपुर नै हुनुहुदोरहेछ ।...
विवेक र विजय आज पाँच वर्षपछि पहिलो चोटीभेट भए । विजय विदेसबाट फर्केको तीन दिन भयो । पुरानो जिग्री दोस्त विवेकलाई भेटेर विजयमा खुसीको सीमा नै छैन । खाजा खादै भलाकुसारी गर्न होटेल छिरे । दुवै ड्रिङ्स् गर्न थाले । नशाले हल्का रिजल्ट दिंदै जानथाल्यो। विजयले...
पृथ्वीमा कैयन् प्रजातिका माछा पाइन्छन् । विश्वमा धेरै मानिसहरुको खाना तथा पोषणको प्रमुख श्रोत पनि हो माछा । जापानीहरु माछाको परिकारका लागि निकै सौखिन छन् । जापानमा अनेक खालका माछाका परिकार बनाइन्छ । त्यहीँ जापानमा एउटा यस्तो माछा पाइन्छ जसलाई संसारकै...
मालपोत कार्यालयका खम्बा हुन्, 'सुब्बा....' । यो कार्यालयमा पदीय सुब्बा धेरै होलान तर गुमनाम छन् । सुब्बा साप भनेपछि सबैले उनैलाई चिन्छन् । उनी माथिदेखि तलसम्म सेटिङ्ग गर्न माहिर छन् । दलाल र लेखनदासहरुले मालपोतको हिरो भन्छन् भने हाकिमहरुले सफ्टवयर ठान्छन्...
'शिशिर, ए शिशिर ! मेरो नाति र नातिनी खेलाउने रहर पूरा नभएरै मर्छु कि क्या हो ! हैन तैंले के सोच्दै छस् । विहे भएको पनि यत्रो वर्ष भैसक्यो । समयमै बुद्धि पुर्या नत्र यत्रो सिरसम्पति कल्ले खान्छ । यसले सन्तान दिन सक्दैने भने अर्की ल्याएर भए पनि सन्तान त बनाउनु...