२० बैशाख २०८१, बिहीबार
गाँजा र सेक्सबीचको सम्बन्ध सुनेर तपाई अचम्म पर्नुहुनेछ !
  • काँचुली खबर

यदि धुँवा छ भने आगो पनि पक्कै छ, यो भनाइको प्रयोग यसपटक गाँजा र सेक्सबीचको सम्बन्धका बारेमा बताउनका लागि गरिएको छ । एउटा अध्ययनका अनुसार गाँजा सेवन गर्नेहरु अन्य व्यक्तिको तुलनामा बढी सेक्स गर्ने गर्दछन् ।

अमेरिकामा स्टैनफर्ड युनिभर्सिटीको स्कुल अफ मेडिसिनका अध्ययनकर्ताहरुले गाँजा र सेक्सबीच सम्बन्ध खोज्ने प्रयास गरेका छन् । शुक्रबार प्रकाशित जर्नल अफ सेक्सुअल मेडिसिनमा सेक्सको आवृक्तिसँग जोडिएको यो खोजको नतिजाको जिकिर गरिएको छ ।

क्यालिफोर्नियाका अध्ययनकर्ताहरुले २५ देखि ४५ वर्षका अमेरिकी नागरिकहरुमा सन् २००२ देखि सन् २०१५ को बिचमा गरिएको परीक्षणमा यो नतिजा आएको हो । यो परीक्षण नेशनल सर्वे अफ फ्यामिली ग्रोथले गरेको हो ।

सर्वेमा सहभागीहरुलाई उनीहरुले विगत १२ महिनामा कतिपटक गाँजाको धुँवा सेवन लिएर साथै यो पनि सोधिएको थियो कि विगत चार हप्तामा उनीहरुले कतिपटक विपरीत लिङ्गीसँग सेक्स गरे ।

दैनिक गाँजा सेवन गर्ने महिलाहरुले चार हप्तामा औषतः ७.१ पटक सेक्स गरेको बताए भने जुन महिलाले विगत एक वर्षमा गाँजा सेवन गरेका थिएनन् उनीहरुले औषत ६ पटक सेक्स गरेका थिए ।

यसरी नै पुरुषमा यो आँकडा गाँजा सेवन गर्नेमा ६.९ र सेवन नगर्नेमा ५.६ पटक थियो । स्टैनफर्डमा युरोलजीका प्रोफेसर माइकल आइजेनबर्ग पनि यो अध्ययन टोलीमा समावेश थिए । उनले भने, ‘अर्को शब्दमा भन्ने हो भने गाँजाको प्रयोग गर्ने व्यक्ति अन्य व्यक्तिको तुलनामा २० प्रतिशत बढी सेक्स गर्दछन् ।’

आइजेनबर्गका अनुसार औषतः जोडीहरु सातामा एक पटक सेक्स गर्दछन् र यसलाई यस हिसावमा हेर्ने हो भने हरेक वर्ष २० पटक सेक्स हुनेछ ।

आइजेनबर्गले भने, मेरो विचारमा यदि तपाई कुनै महिला वा पुरुषसँग सोध्नु हुन्छ भने २० पटक सेक्स भनेको धेरै हो । सामान्यतः मानिन्थ्यो कि अधिकांश जोडीले यौन सम्बन्धपछि गाँजा सेवन गर्ने गर्दछन् ।

तर, आइजेनबर्गका अनुसार अध्ययनमा यो ठिक उल्टो देखियो । यो सबै नश्ल, उमेर, शैक्षिकस्तर, आय, धर्म, स्वास्थ्य, विवाहित वा अविवाहित र सन्तान भएपछि वा नभइकन सबै स्थितिमा लागु हुने गर्दछ ।

अमेरिकाको २९ राज्इ र कोलम्ब्यिा जिल्लामा वयस्कका लागि मेडिकल र मनोरञ्जनका लागि गाँजाको प्रयोग कानुनी रुपमा वैध छ ।

गैलप पत्रिकाले गराएको एउटा सर्वेअनुसार अमेरिकामा करिब ६४ प्रतिशत नागरिक वयस्कका लागि ड्रग्स सेवन वैध गर्नुपर्ने मान्यता राख्दछन् । यद्यपि आइजेनबर्गले चेतावनी दिँदै भने, ‘अध्ययनको नतिजाले यो कदापि भनेको छैन कि यदि तपाई बढी गाँजा सेवन गरेर बढी सेक्स गर्न सक्नुहुनेछ ।’

 

स्रोत : नेपाल न्यूज

  • २१ भाद्र २०७५, बिहीबार १६:११ प्रकाशित
  • Nabintech