३ जेष्ठ २०८१, बिहीबार
५६ औ रेडक्रस स्थापना दिवस प्युठानमा पनि मनाइयो
  • काँचुली खबर

नेपाल रेडक्रस सोसाइटीको ५६ औ स्थापना दिवस प्युठानमा पनि मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले ‘रेडक्रसः सबै ठाउँमा, सबैका लागि’ के तपाइलाई थाहा छ ? भन्ने नाराका साथ ५६ औ स्थापना दिवस मनाइएको छ । सोसाइटीले दिवसको अबसरमा जिल्ला कारागार प्युठानका कैदीवन्दीहरुलाई सरसफाई र स्वच्छता समाग्रीहरु र महेन्द्र मा.वि. खलंगामा अध्ययनरत दृष्टि विहिन, शारिरिक अपांगता भएका ११ जना बालबालिकाहरुलाई झुल, सरसफाई समाग्री र स्टेशनरी सामग्रीहरु वितरण गरेर दिवस मनाएको हो ।

महेन्द्र मा.वि. देखि सुरुगरीएमको याली जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर कोण सभामा परिणत भएको थियो। र्यालीमा महेन्द्र मा.वि. खलंगा , खलंगा आधारभुत मा.वि. खलंगा , जनजागृती मा.वि. कसेरीका जुनियर रेडक्रस सोसाइटीका विद्यार्थीहरु, नेपाल स्काउट लगायतका टोलीले व्यानर सहित वजार परिक्रमा गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका शाखा सभापति गुमानराज पुलामीले भने, ‘रेडक्रस एउटा साझाचौतारी हो । रेडक्रसका सात सिद्धान्तलाई व्यवहारिक कार्यान्वयनमा लैजानजुनियर युवा देखि स्वयंसेवक र कर्मचारीहरुको सेवा अतुलनीय छ ।” पुलामीले रेडक्रसका स्वयंसेवक देशका कुना कुनामा रहेका संकटासन्न समुदायसम्म पुगेको बताउदै विभिन्न खालका चुनौती हुँदा-हुँदै पनि नेपाल रेडक्रसले समुदायको विश्वास जितेकोे बताए । सोही अवसरमा उनले नेपाल रेडक्रसको ऐतिहासिक पृष्टिभूमि, रेडक्रसका विविध गतिविधीहरु, अन्र्तराष्ट्रिय रेडक्रस अभियान लगायत जिल्लामा संचालन गरिएको कार्यक्रमको वारेमा चर्चा गरेका थिए ।


यस्तै र्याली पश्चात आयोजित कोण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी एवं प्रदेश ५ का सांसद कृष्णध्वज खड्काले रेडक्रसको भुमिका र यसको महत्व वारे चर्चा गर्दै रेडक्रस विपद्को समय होस वा अन्य कुनै वेलामा अप्ठारोमा परेका ब्यत्तिहरुलाइ निस्वार्थका साथ सहयोग गरी सामाजिक एवम मानवीय कार्य गदै आएकाले रेडक्रसलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउन आगामि दिनहरुमा सवैको साथ र सहयोगको आवश्यक पर्ने बताए।
त्यस्तै प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेले प्यूठान रेडक्रसले विपद्को समयममा अग्रणी भूमिका निर्वाह गरेको स्मरण गराउदै प्यूठानमा संचालन गरेका रक्तसंचार सेवा , एम्वुलेन्स सेवा लगायतका मानविय सेवाका कार्य थालनी गरेको तर यसको दिगो आर्थिक स्रोत नभएको हुनाले सवैले सहयोग गर्नु पर्ने धारणा राखे।
शाखाका सभापति गुमानराज पुलामीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रहरी नायव उपरीक्षक निर्मल वुढाथोकि, मल्लरानी गाँउपालिका अध्यक्ष अमरध्वज राना, प्रदेश ५ का सांसद कृष्णध्वज खड्का, प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरे, शिक्षक, बिद्यार्थी, समाजसेवी लगायतको उल्लेखिय रुपमा सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन शाखा मन्त्री दामोदर शर्माले गरेका थिए ।
नेपालमा वि.सं २०२० भाद्र १९ मा पहिलो सामाजिक संस्थाको रुपमा स्थापना भएको रेडक्रस सोसाइटीले अधिराज्यभर शाखा तथा उपशाखा सहित सवै जिल्लाहरुमा मानविय सेवा तथा विपद्को अवस्थामा राहत सहयोग तथा खोज उद्धारमा नेपाल रेडक्रस अग्रेणी संस्थाको रुपमा रहेको छ ।

  • १९ भाद्र २०७५, मंगलवार २०:०१ प्रकाशित
  • Nabintech