मुलुकी अपराध संहिता ऐन-२०७४ मा संशोधनको माग गर्दै चिकित्सकहरू आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघ, चिकित्सक समाजलगायत चिकित्सकसँग सम्बन्धित विभिन्न संघ-संस्थाको अगुवाइमा एप्रोनसहित उनीहरू सडकमा उत्रिएका हुन् ।
अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेर बाँकेका चिकित्सकहरू नेपालगन्जको भेरी अस्पतालमा जम्मा भई जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आइतवार बिहान १० बजे नै चिकित्सकहरू एप्रोनसहित आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरूले मुलुकी अपराध संहितामा रहेको इलाजसम्बन्धी कसुरमा चिकित्सकलाई अपराधीको संज्ञा दिइएको भन्दै ऐन संशोधनको माग गर्दै आएका छन् ।
चिकित्सकहरुले आफ्ना माग सम्बोधन नभएको खण्डमा आगामी शुक्रबारसम्म बिभिन्न बिरोधका कार्यक्रमहरु गर्ने चेतावनीसम्म दिएका छन । फौजदारी संहिताका कतिपय प्रावधान संशोधन र कतिपय प्रावधान खारेज गर्न नेपाल सरकारलाई दिएको १५ दिनको समयमा कुनै ठोस कदम नचालेका कारण आन्दोलनमा उत्रिनुपरेको डा. बिनोद कर्णले जानकारी दिए । भदौ १ गतेदेखि लागू भएको फौजदारी संहिताका कतिपय प्रावधानले आफूहरूलाई काम गर्न अप्ठ्यारो भएको चिकित्सकहरूले बताउँदै आएका छन् ।




१७ भाद्र २०७५, आईतवार १३:३७ प्रकाशित