नमस्ते नेपाल यातायात सेवा प्रालिको प्रथम भेला कोहलपुरमा सम्पन्न भएको छ । संघ-संस्था ऐन २०३४ अनुसार दर्ता भएको संघ–संस्था सरकाले अषाढ मसान्तबाट नविकरण नगर्ने निर्णय गरेसँगै नमस्ते नेपाल यातायात व्यवसायी संघ विघटित भई कम्पनी ऐन २०६३ अनुसार दर्ता भएको प्रालिका अध्यक्ष निम बहादुर चलाउनेले जानकारी दिए ।
साविकको नमस्ते नेपाल यातायात व्यवसायी संघमा आवद्ध १५० वस व्यवसायी नै नमस्ते नेपाल यातायात सेवा प्रालिका सदस्य रहेका छन् ।
शनिवार कोहलपुरमा सम्पन्न प्रथम भेलाले आर्थिक नियमावली, साहुहित संरक्षण नियमावली र कर्मचारी प्रशासन नियमावली पास गरेको छ । कर्मचारी प्रशासन नियमावलीले नयाँ कर्मचारी भर्ना गर्नु पर्ने भएका कारण व्यवसायी संघ विघटन पुर्व संघमा कार्यरत् ७० जना कर्मचारीको जागिर भने धरापमा परेको नमस्ते नेपाल यातायात व्यवसायी सेवा प्रालिका एक सदस्यले नाम नबताउने शर्तमा भने ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१६ भाद्र २०७५, शनिबार १७:५३ प्रकाशित