७ जेष्ठ २०८१, सोमबार
राप्ती सोनारीमा शैक्षिक गुणस्तर सुधार्न प्रविधि प्रयोग
  • काँचुली खबर

नेपालगन्ज–बाँकेको राप्ती सोनारी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सूचना प्रविधि प्रयोग गर्ने भएको छ । गाउँपालिकाले इम्पेटस टेक्नोलोजी नेपाल प्रालिसँगको साझेदारीमा विद्यालयमा ‘स्टुडेन्ट प्रोफाइल रिसर्च एनालाइसिस एकेडेमिक’ सफटवेयर जडान गरेर विद्यार्थी र शिक्षकको विद्यालयमा उपस्थिति लगायत सम्पूर्ण शैक्षिक अवस्थाको तथ्यांक राख्ने प्रयास गरेको छ। मोबाइल र कम्प्युटरमा लाग्ने उक्त सफटवेयरमा विद्यार्थी, शिक्षक र कर्मचारीको प्रोफाइल बनाएर उनीहरूले गरेको हरेक क्रियाकलापको निगरानी गरिने जनाइएको छ । 
मंगलवार एक समारोहका बीच गाउँपालिका कार्यालयमा सफ्टवेयर प्रतिस्थापन गरिएको छ । उक्त समारोहलाई सम्वोधन गर्दै गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले यस प्रविधिले यहाँका विद्यालयहरूको शिक्षामा गुणात्मक विकास हुने अपेक्षा गरे।  गाउँपालिकाको बजेट सबैभन्दा बढी शिक्षामा नै खर्च भइरहेको तर प्रतिफल नदेखिएकाले विद्यालयको अध्ययनस्तरको मापन, नियमन, गुणस्तर कायम गर्न प्रविधिको प्रयोग गर्न लागिएको उनको भनाई रहेको छ । ‘गाउँगाउँमा रहेको प्रत्येक विद्यालयमा पुगेर दैनिक अनुगमन गर्न सकिने अवस्था नभएकाले सूचना प्रविधि उपयोग गर्न लागेका हौं,’ उनले भने, ‘यसले घर बसेर अभिभावक, नागरिक, समाजलगायत जोसुकै सरोकारवालाले विद्यार्थी, शिक्षक र विद्यालयको हरेक क्रियाकलापको अनुगमन गर्न सक्ने सुविधा प्राप्त भएको छ।’

‘इम्पेटस टेक्नोलोजी नेपाल प्रालिले निर्माण गरेको स्टुडेन्ट प्रोफाइल रिसर्च एनालाइसिस एकेडेमिक सिस्टम पहिलो चरणमा अगैयास्थित नेपाल राष्ट्रिय माविमा अध्यक्ष थारुले सफटवेयरलाई स्विच अन गरेर प्रतिस्थापन गरेका छन् ।
इम्पेटसका अध्यक्ष जीवन गुरागाईले यस सफटवेयरले विद्यालयका प्रत्येक शिक्षक, कर्मचारी र विद्यार्थीको प्रोफाइल, शिक्षक र विद्यार्थीको प्रत्येक घन्टीको हाजिरी, गृहकार्य, अतिरिक्त क्रियाकलाप, हेर्न मिल्ने बताए । उनले विद्यार्थीको साप्ताहिक, पाक्षिक, मासिक, त्रेमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको परिणामसमेत सफटवेयरले बताउने जानकाी दिए । शिक्षकले हरेक क्रियाकलापको मोबाइल एपमा डाटा इन्ट्री गर्नुपर्ने र त्यो गर्न अत्यन्तै सहज रहेको उनले भनाई छ। सफ्टवेयरमा संसारको कुनै पनि ठाउँबाट आफूले रोजेको विद्यालयको विद्यार्थीको कोड प्रयोग गरेर शैक्षिक अवस्था र विद्यार्थीको रुचिका बारेमा जानकारी लिन सकिने व्यवस्था रहेको बताए।

प्रदेश ५ मा पहिलोपटक यो सफटवेयर राप्ती सोनारी गाउँपालिको अगैयास्थित नेराप्रावि मा जडानको काम भइरहेको निरौलाले बताए । अभिभावक तथा सरोकारवालाले गुनासो, सल्लाह, सुझावसमेत दिन सक्ने र त्यो सबै शिक्षक, विद्यालय, स्थानीय तह, प्रदेश र संघीय सरकारसम्म पुग्ने भएकाले त्यसको कार्यान्वयन प्रभावकारी हुने उनको दाबी छ।

  • १३ भाद्र २०७५, बुधबार १३:३५ प्रकाशित
  • Nabintech