दाता चौधराइनको स्मृती दिवसमा विवीध कार्यक्रम
  • काँचुली खबर

नेपालगञ्जकी दानवीर स्वर्गीय औतार देई कसौधन चौधराइनको आठौं स्मृती दिवसमा विवीध कार्यक्रम गरिएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा जग्गा लगायत करोडौंको सम्पती दान गरेर उदाहरणीय बनेकी स्वर्गीय चौधराइनको स्मृति दिवसमा उहाँको शालिकमा माल्याअर्पणसहित फलफूल, स्टेशनरी वितरण, वृक्षारोपण तथा प्रवचन लगायतका कार्यक्रम गरिएका छन् ।
विस १९५४ मा जन्मीएकी चौधराइनको २०२८ भदौ ६ गते दिन निधन भएको थियो । स्थानीय महेन्द्र बहुमुखी क्याम्पस, भेरी अञ्चल अष्पताल, नारायण उच्च मावि, जिल्ला जनस्वास्थ्य कार्यालयलाई जग्गा दान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पु¥याएको योगदानको स्मरण गर्दै आज नेपालगञ्ज उपमहानगरपालिका र स्व औतारदेइ कसौधन ९चौधराइन० सेवा प्रतिष्ठानले छुट्टा छुट्टै कार्यक्रम गरेका हुन् । उपमहानगरपालिकाले आज विहान क्याम्पसको शालिकमा माल्याअर्पणका साथै वृक्षारोपण गरेको छ । नगर प्रमुख डा धवल शमशेर राणा, स्व औतारदेइ कसौधन ९चौधराइन० सेवा प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्य, क्याम्पस प्रमुख गणेश रेग्मी लगायतले अशोका, लीची लगायतका २० वटा विरुवा रोपेका छन् । यस्तै उपमहानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल, वडा अध्यक्षहरु लगायतले अष्पतालमा ८० जना विरामीलाई फलफूल वितरण गरे । यस्तै नारायण मावीमा एक सय विद्यार्थीलाई कापी, कलम पनि वितरण गरियो । दिवसकै अवसरमा प्रतिष्ठानद्धारा अष्पताल परिसरमा आयोजित कार्यक्रममा दाता चौधराइनको योगदानको चर्चा गर्दै उहाँको शालिकमा माल्याअर्पणसहित दाता तथा समाजसेवीलाई सम्मान समेत गरिएको छ ।


शहरी विकास मन्त्री मो इस्तियाक राइले जिर्ण भेरी अञ्चल अष्पतालको नयाँ भवन बनाइने उदघोष गरे । पश्चिम नेपालकै पुरानो र आम जनताको स्वास्थ्य भरोसाको केन्द्रका रुपमा रहेको अष्पताललाई नयाँ स्वरुप दिन योजना र वजेट अघि सारिसकिएको बताए । अष्पतालको नाम समेत परिवर्तन गर्न सकिने भन्दै मन्त्री राईले जग्गा दाता औतार देई कसौधन९चौधराइन०को नाममा राख्न आवश्यक पहल गर्न सम्वद्ध पक्षलाई आग्रह गरे । उनले नगरको समग्र विकासका लागि कयौं योजनाहरु लिपीवद्ध भइसकेको भन्दै सीटी हल, शव गृह लगायतका काम चाँडै शुरु हुने बताए ।


जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवस्तवले दाता चौधराइनको नाममा स्थायीत्व कोष निर्माण गरि कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यक्ता औल्याए । नगर प्रमुख डा। धवल शम्शेर राणाले नेपालगञ्जलाई महानगरमा रुपान्तरण गर्ने अभियान शुरु भइसकेको भन्दै सबैको साथ र सहयोगको अपील गरे ।
सोही समारोहमा कन्हैयाल वैश्य, सरदार सहदेव सिंह, जोगराज अग्रवाल९मरणोपरान्त० तथा श्री जंग शाह, जयकेशसिंह र जगदिश प्रसाद वैश्यलाई दोसल्ला सहित सम्मान गरियो । प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बाँकेका नेता अशोक कोइराला, पत्रकार महासंघ ५ न प्रदेशका सचिव शुक्रऋषि चौलागाई, सम्मानीत व्यक्तित्वका तर्फबाट जगदिश प्रसाद वैश्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

  • ६ भाद्र २०७५, बुधबार १८:३७ प्रकाशित
  • Nabintech