२३ बैशाख २०८१, आईतवार
गर्दनको दुखाई हटाउन मद्दत गर्ने ९ उपचार
  • काँचुली खबर

एक तत्थ्याङ्कको नतिजा अनुसार युवा जनसंख्या मध्ये १० प्रतिशत र समग्रमा ६५ प्रतिशतले आफ्नो जीवनकालमा एक पटक गर्दन दुखाइको अनुभब गरेको पाइन्छ। यसको सामान्य कारणमा अधिक व्यायाम, अनिन्द्रा, लामो समय सम्म एकै प्रकारको स्थिर बसाई र उच्च तनाव हो । तर यसबाट छुटकारा पाउने केहि तरिकाहरु छन। जसलाई हामी यहाँ तपाईहरु माझ जानकारीका लागि राख्दै छौं।

१. भर्खरैको अथवा तिब्र दुखाइको लागि : १ प्याकेट बर्फ ब्याग लगाउनुहोस।

जुन स्थानमा अधिक दुखाई भएको छ त्यस स्थानमा लगभग १५ मिनेटका लागि टुक्रा पारिएको बर्फको ब्याग राख्नुहोस। चिसो बरफको ब्याग तिब्र दुखाइको लागि सबैभन्दा प्रभावकारी हुन्छ। सुजन र दुखाइको स्थानमा रक्तनलीको रक्त प्रवाह गराउनका लागि यसले सहयोग गर्दछ। बर्फलाई कहिल्यै पनि प्रत्यक्ष छालामा प्रयोग नगर्नुहोला हमेशा ब्यागमा राखेर मात्र प्रयोग गर्नुहोला।

२. पुरानो दुखाइको लागि : नम गर्मीको प्रयोग गर्नुहोस्।

माइक्रोवेवमा चामल वा गहुँले भरिएको सानो थैलो २ मिनेट सम्म राख्नुहोस र त्यसपछि प्रभावित स्थानमा १५ मिनेट सम्म राख्नुहोस। राम्रो नतिजाको लागि उठेपछि व्यायाम गर्नु पुर्व प्रयोग गर्नु उत्तम हुन्छ। तातो पानीको नुहाईले पनि दुखाई कम गर्न सहयोग गर्दछ। पानीमा Epsom Salt पनि राख्न सक्नुहुन्छ । Epsom Salt ले मास्पेसी र टेण्डन लाई आराम दिन्छ र दुखाई कम गर्दछ।

३. बेसार

प्राय सबैले बेसार मसलाको रुपमा त प्रयोग गर्नुभएकै छ त्यसको साथसाथै बेसारको चिया बनाएर मह मिसाई सेवन गरेमा दुखाई कम गर्न सकिन्छ। बेसारमा एन्टीअक्सिडेन्ट (curcumin) हुन्छ। यसले सुजन संग लड्न शरीरलाई सहयोग गर्दछ।

४. भिटामीन बि १२ ले भरिपूर्ण खाद्य

भिटामीन बि १२ ले भरिपूर्ण खाद्यपदार्थ को सेवनले दुखाई कम गर्न सहयोग गर्दछ। साथै दुखाईलाई प्रतिक्रिया गर्न दिदैन।

५. घाटी घुमाउने क्रियाकलाप

यो ३ चरणको क्रियाकलापले तपाईको घाटीको दुखाई कम मात्र गर्दैन यसले घाटीको मास्पेसी बलियो बनाउन सहयोग गर्दछ।

पहिलो चरण : तपाईको घाटीलाई सर्कुलार मोसनमा ३ पटक सम्म घुमाउनुहोस।

दोश्रो चरण : तपाईको टाउको बाँया तर्फ लैजानुहोस। फेरी पुन: टाउकोलाई दायाँ तर्फ लैजानु होस्। यो क्रिया ३ पटक सम्म दोहर्याउनुहोस।

तेश्रो चरण : तपाईको घाटी पछाडी लैजानुहोस अनि अगाडी ल्याउनुहोस। यो क्रिया ३ पटक सम्म दोहर्याउनुहोस।

६. टावेल तान्ने क्रियाकलाप

गलत तरिकाले लामो समय सम्म बस्नु, टाउको दुख्नु तथा गर्धन दुख्नुको प्रमुख कारण हो। यस प्रकारको दुखाई बाट छुटकारा पाउनका लागि निम्नलिखित क्रियाकलाप गर्नु उपयुक्त हुन्छ।

– टावेललाई रोल गर्नुहोस र घाटीको पछाडी पट्टि राखी दुवै हातले दुई छेउ समाउनुहोस।

– टाउकोलाई सिधा बनाइ चिउड़ो अलिकति झुकाउनुहोस (छाती तर्फ होइन)

– दुवै हातले टावेललाई अलिकति अगाडी तान्नुहोस।

– टावेल तानेको अबस्थामा बसिरहनुहोस जबसम्म घाटीको मस्पेसी हल्का थाकेको महशुस हुदैन।

७. मसाज

मसाज गर्ने थेरापिष्ट संग कन्सल्ट गर्नुहोस। मसाज गर्नाले बटारिएको मस्पेशीबाट आराम पाउन सकिन्छ। मसाजबाट गर्दनमा जम्मा हुने नुन बाट छुटकारा पाउनका साथै दुखाइमा आराम दिने गर्दछ।

८. अक्युप्रेसर

हाम्रो शरीरको विभिन्न स्थानमा भएका अक्युप्रेसर पोइन्टले दुखाईबाट छुटकारा दिन सक्दछ। यसका लागि तपाइँले अक्युप्रेसर पोइन्ट बिज्ञ संगको सल्लाहमा ति पोइन्टहरुमा दबाब सिर्जना गरि बिस्तारै दुखाइबाट छुटकारा पाउन सक्नुहुन्छ।

९. जीवन शैलीमा परिवर्तन

धेरैजसो घाटीको दुखाई दैनिक जीवनशैलीका कारणले हुन्छ। हाम्रो जीवन शैलीमा सामान्य परिवर्तन गर्नाले दुखाईको अवस्था आउन नदिनका साथै दुखाई कम गर्न मद्दत गर्दछ।

१. आराम : धेरैजसो दुखाई पटक पटक यौटै काम दोहर्याएर, लामो समय सम्म कम्प्युटरमा बसेर, असन्तुलित अवस्थमा सुतेर हुने गर्दछ। यस किसिमका काम गर्दा घाटी दुखेको अनुभूति हुने बित्तिकै त्यस काम तत्काल गर्न छोड्नुहोस। केहि दिनका लागि आराम गर्नुहोस। धेरै जसो दुखाई केहि दिनको आराम पछि निको हुन्छ यदि भएन भने सम्बन्धित डाक्टरको सल्लाह लिनुहोस्।

२. सुत्ने पोजिसन परिवर्तन गर्नुहोस : तपाइँ सुत्दा पिठ्यु तर्फ सुत्नु सबैभन्दा राम्रो स्थिति हो। पेट तर्फ सुत्ने वानी छ भने आजै देखी छोड्नुहोस्। यौटा भन्दा धेरै तकिया प्रयोग नगर्नुहोस। आर्थोपेडीक तकिया प्रयोग गर्नु सबैभन्दा उत्तम हुन्छ।

  • ५ भाद्र २०७५, मंगलवार १८:११ प्रकाशित
  • Nabintech