ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको सदस्यता वितरण र जारी निर्वाचन प्रक्रियाप्रति कोहलपुरमा क्रियाशिल पत्रकारहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
यस क्षेत्रको ज्ञान, चेतना, सूचना, संचार र साहित्य क्षेत्रको अगुवा संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको प्रक्रियालाई विवादरहित बनाउनुको सट्टा निश्चित उद्देश्य प्राप्तीका लागि वर्तमान कार्यसमिति र निर्वाचन मण्डल उद्दत रहेको भन्दै प्रेस विज्ञप्तिमार्फत् ध्यानाकर्षण जारी गरेका छन् । पत्रकारसँग जोडिएको संस्थामा नै रोकिएको निर्वाचनलाई पूनःनिर्वाचन प्रक्रिया भएको सूचना सार्वजनिक माध्यमबाट प्रकाशन नै नगरी अपारदर्शी र नियोजित तरिकाले गरिएको निर्वाचन प्रक्रियाले पुस्तकालयको थप विकासमा बाधा पु¥याउने भन्दै विरोध जनाइएको छ ।
निश्चित स्वार्थपूूर्ति भन्दा पुस्तकालयको दिगो विकासका लागि नयाँ शिराबाट निकास खोज्न यस क्षेत्रका स्थानीय सरकार, राजनीतिक दल, प्रशासन तथा पुस्तकालयका आमसदस्यहरुलाई अपिल गर्दछौं, विज्ञप्तिमा भनिएको छ । कोहलपुरमा रहेको झण्डै २ दर्जन सञ्चारकर्मीहरुले अवरुद्ध रहेको निर्वाचन पुनः निर्वाचनसम्बन्धी कार्यतालिका सम्बन्धित सरोकारवाला सदस्यहरु कोहीकसैलाई जानकारी नै नदिई जिल्लाभर सदस्य रहेको संस्थाको निर्वाचन प्रक्रिया एकैदिन ६ घण्टा भित्र सक्नु निन्दनीय रहेको विज्ञप्तिमार्फत् जनाइएको छ ।
हजारको हारारीमा सदस्य रहेको निर्वाचन प्रक्रिया ६ घण्टाको अन्तरालमा सक्ने नियोजित अवस्था सिर्जना गरी निर्वाचन टुंग्याउन खोज्नु अपारदर्शी गतिविधि हो भन्ने हाम्रो ठम्याई छ, विज्ञप्तिमा भनिएको छ । त्यसै गरी कोहलपुरमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायतका पार्टीहरुले समेत विज्ञप्ति जारी गर्दै अवरुद्ध रहेको निर्वाचन पुनः निर्वाचन सम्बन्धी कार्यतालिका कोहीकसैलाई जानकारी नै नदिई अपारदर्शी ढंगले निर्वाचन टुंग्याउन खोज्नु गलत मात्रै होइन, प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको बताएका छन् ।
पुस्तकालय केही व्यक्ति वा समूहको स्वार्थपूर्ति हुने गरी षडयन्त्रमूलक ढंगले कथितरुपमा बनाइएको कार्यसमिति विरुद्ध समानान्तर कार्यसमिति बनाउने समेत चेतावनी दिएका छौं, विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति जारी गर्दै उनीहरुले अमुक पार्टीको निर्वाचन मण्डल र कथित समितिलाई अमान्य घोषणा गर्नका लागि स्थानीय सरोकारवालासँग माग गरेका छन्
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
३ भाद्र २०७५, आईतवार १४:५७ प्रकाशित