कोहलपुरमा प्रथम मगर सांस्कृतिक महोत्सव आयोजना हुँदै
  • काँचुली खबर

२२ चैत्र, काेहलपुर । नेपाल मगर संघ जिल्ला समन्वय समिति बाँकेको आयोजनामा “प्रथम सांस्कृतिक, भेषभूषा, खानपानका परिकार तथा नयाँ वर्ष २०८३ को शुभकामना आदान-प्रदान एवं वृहत सांगीतिक कार्यक्रम-२०८२/०८३” आयोजना हुने भएको छ। मगर समुदायको मौलिक पहिचान झल्काउने यस महोत्सवले स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आइतबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिइएको हो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मगर समुदायको मौलिक भाषा, संस्कृति, भेषभूषा तथा परम्परागत खानपानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

संघका अनुसार कार्यक्रम २०८२ साल चैत ३० गतेदेखि २०८३ साल वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ। कोहलपुर नगरपालिका-११ स्थित खुला मञ्चमा हुने उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने बताइएको छ।

कार्यक्रममा विविध सांस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति, परम्परागत खानाका स्टल, थारु गाउँ तथा बालउद्यानजस्ता आकर्षण समावेश गरिने नेपाल मगर संघ जिल्ला समन्वय समिति बाँके का अध्यक्ष भुपेन्द्र पुन मगरले जानकारी दिए।

उनका अनुसार नयाँ वर्षको अवसरमा शुभकामना आदान-प्रदान गर्ने विशेष कार्यक्रमसमेत समावेश गरिएको छ।

कार्यक्रम सफल बनाउन सम्पूर्ण स्थानीय बासिन्दा, संस्कृति प्रेमी, शुभेच्छुक तथा सरोकारवालाहरूलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।

कार्यक्रम अवलोकनका लागि साधारणतर्फ १०० रुपैयाँ र विद्यार्थीका लागि ७५ रुपैयाँको टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ।

  • २२ चैत्र २०८२, आईतवार २०:२५ प्रकाशित
  • Nabintech