सभामुखमा डीपी अर्याल निर्विरोध चयन
  • काँचुली खबर

२० चैत्र, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन भएका छन् । सभामुखका लागि अर्यालको एकल उम्मेदवारी परेको थियो ।

यसअघि नेकपा एमालेले उम्मेदवारी दिने तयारी गरेको थियो । तर, एमालेले उम्मेदवारी नदिने भएपछि रास्वपाका अर्याल निर्विरोध चयन भएका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

स‌ंघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखका लागि रास्वपाका अर्यालको एकल उम्मेदवारी परेको बताए । सचिवालयले आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो ।

उनले भने, ‘सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको थियो । यो समयमा एक मात्र प्रस्ताव दर्ता हुन आएको छ ।’

शुक्रबार अर्यालले सभामुखका लागि मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गराउन रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थियो । प्रस्तावक रवि लामिछाने र समर्थक स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोविता गौतमसहितले अर्याललाई सभामुख पदमा निर्वााचित गरियोस् भनेर प्रस्ताव दर्ता गराएका थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सिट रहेकाले उनी सभामुखमा निर्वाचित हुने निश्चित थियो । उनलाई आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

  • २० चैत्र २०८२, शुक्रबार १४:४५ प्रकाशित
  • Nabintech