प्रथम खुला भलिबल प्रतियोगिताः दाेस्राे दिन ६ वटा टिम बिजयी 
  • काँचुली खबर

८ फागुन, काेहलपुर । ‘प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२’ को दोस्रो दिन आज ६ वटा खेल सम्पन्न भएका छन् । आज प्रतियोगितामा सहभागी ६ वटा टिमले प्रतिस्पर्धा गरेका हुन् ।

प्रतियोगिताकाे दाेस्राे दिनकाे पहिलो खेल ट्रि मार्डेन बैजनाथ र जन ज्ञान ज्योति माविबीच भएको थियो । जसमा ट्री गार्डेन रिसोर्ट बैजनाथले जन ज्ञान ज्योतिविरुद्ध २-१ सेटको जित दर्ता गरेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

ट्रि मार्डेन बैजनाथले पहिलो सेट २५-८, २१-२५ र १५-१२ ले ज्ञान ज्योतिलाई हराएको हाे। यस्तै दोस्रो खेल बैजनाथ गाउँपालिका र राप्ती सोनारी भलिबल टिमबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा बैजनाथले सोझो दुई सेटले राप्ती सोनारीलाई हराएको छ । पहिलो सेट २४-२६, दोस्रो सेट २४-२२ र तेस्रो सेट १५-१२ मा हराएको थियो ।

यस्तै तेस्रो खेलमा नमुना विद्या सदन र रोयल ढकेरीबीच प्रतिस्पर्धा भएको थियो । रोयल ढकेरीले नमुना विद्या सदनविरुद्ध २-१ सेटको रोमाञ्चक जित निकालेको हो । रोयल ढकेरीले २५-८, २१-२५ र १५-१२ ले जित निकालेकाे हाे ।

चौथो खेलमा गितापुर भलिबल क्लब र बागेश्वरी बहुमुखीबीच प्रतिस्पर्धा भएको थियो । जसमा गितापुरले बागेश्वरीलाई २-१ सेटले हराएको हो । पाँचौ खेलमा भने ग्रिन पिस र कोहलपुर नगरपालिका कर्मचारी टिमबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा २-१ को सेटले ग्रिन पिसले नगरपालिका कर्मचारी टिमलाई हराएको हो ।

छैटौं खेलमा राप्ती सोनारी र भेरी प्राविधिक बीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा भेरी प्राविधिकले २-१ सेटमा राप्ती सोनारीलाई हारएको हो । लगातारको दुई हारसँगै राप्ती सोनारी भलिबल क्लब भने प्रतियोगिताबाट बाहिरीएको छ ।

  • ८ फाल्गुन २०८२, शुक्रबार २०:१० प्रकाशित
  • Nabintech