ईतिहास रच्नबाट चुक्याे नेपाल, ४ रनले पराजित
  • काँचुली खबर

२५ माघ, काठमाडौं । आइसीसी पुरुष टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो । इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा साहसिक रुपमा ब्याटिङ गर्दै १८० रन जोड्यो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, रोहित पौडेलले ३९, कुशल भुर्तेलले २९ रन जोडे । यस्तै, लोकेश बम ३९ रनमा अविजित रहे ।

बलिङतर्फ इङ्ल्यान्डका लियाम डासनले दुई तथा विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले एक-एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन जोड्यो ।

उसका लागि कप्तान ह्यारी ब्रुक र जेकोब बेथेलले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका बेथेलले ४ छक्का र ४ चौका प्रहार गर्दै ५५ रन जोडे । ब्रुकले ३२ बलमा ५३ रनको योगदान दिए । यस्तै, विल ज्याक्सले अविजित ३९ रनको योगदान दिए । १८ बल खेलेका उनले ४ छक्का प्रहार गर्दै इंग्ल्यान्डको इनिङ्स उकासे जोस बटलरले २६ रन बनाए ।

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई-दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक-एक सफलता हात पारे ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।

  • २६ माघ २०८२, आईतवार १९:०९ प्रकाशित
  • Nabintech