१७ मंसिर, काेहलपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोहलपुरको आयोजनामा तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरू भएकाे छ ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकालले तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले खेलका माध्यममाबाट बालबालिकाहरुको बौद्धिक विकासमा सकारात्मक प्रभाव पर्ने बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
ढकालले लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेमा स्थापना हुनु भनेको यहाँको शैक्षिक रुपान्तरणमा थप टेवा पुगेको बताए ।उनले लुम्बिनी कर्णाली र विशेष गरी सुदुरपश्चिम प्रदेशका बालबालिकाहरुले यसको प्रत्यक्ष रुपमा लाभ लिन सक्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका परीक्षा नियन्त्रक जेन्टिल गौतम, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर कार्यालयका प्रमुख लक्ष्मीप्रसाद अधिकारी, कोहलपुर नगरपालिका वडा नम्बर ११ की अध्यक्ष कल्पना शर्मा, कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक इश्वरी विक लगायतले धारणा राखेका थिए ।
त्यसै गरी प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले रनिङ शिल्ड खेलकुद प्रतियोगिता केवल प्रतियोगिता मात्र नभएर महाेत्सवका रुपमा हेरिएको बताए । केसीले प्याब्सन प्रतियोगितामा सामेल उत्कृष्ट खेलाडिहरुले जिल्ला मात्र नभएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा समेत आफ्नाे खेल काैशल देखाउन सक्षम हुने विश्वास गर्दै प्रतियोगिता संचालनका लागि सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे ।
प्रतियोगिता उद्घाटन भन्दा पहिले पिपलचौतारा हुँदै न्युराेडस्थित खेलमैदानसम्म प्रभातफेरी निकालिएको थियो । प्रतियोगितामा प्याब्सन कोहलपुरमा आवद्ध २८ वटा विद्यालयहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताकाे पहिलाे दिन एथलेटिक्स तर्फ छात्र/छात्रा गरी कूल ८० जना हिटसमा छनोट भएकोे खेलका फिल्ड मार्सल दिनेश सिग्देलले जानकारी गराए । फिल्ड मार्सल सिक्देलका अनुसार माध्यमिक तर्फ चार सय मिटर दौड छात्र/छात्राको हिट्स सम्पन्न गरिएको छ भने एक सय मिटर माध्यमिक तर्फको छात्र/छात्राको हिट्स त्यसै गरी एक सय मिटर, आधारभूत तह छात्र/छात्रा चार सय मिटर र एक सय मिटर, कक्षा २ र ३ को छात्र/छात्राको हिट्सका खेलहरू सम्पन्न भएका छन ।
१८ मंसिर २०८२, बुधबार १९:५५ प्रकाशित