१० मंसिर, नेपालगन्ज । फ्रेन्चाइज टोली लुम्बिनी लायन्सका खेलाडीले दोस्रो एनपिएलमा शतक वा अर्धशतक प्रहार गरे बोनसस्वरूप थप नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । लुम्बिनीले प्रतियोतिगामा शतक प्रहार गर्ने खेलाडीलाई एक लाख तथा अर्धशतक प्रहार गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको छ ।
अहिलेसम्म तीन खेलेको लुम्बिनीका कुनै पनि खेलाडीले शतक वा अर्धशतकीय इनिङ्स खेल्न सकेका छैनन् । लुम्बिनीको प्रायोजक सेन्चुरी मसलाको उत्पादक दुगड स्पाइसेस एन्ड फुड प्रडक्ट्स प्रालिले खेलाडीले ५० वा सय रन बनाउन प्रोत्साहनस्वरूप नगद पुरस्कार दिनेछ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपाली क्रिकेटको विकासका तथा खेलाडीहरूको मनोबल बढाउनका लागि पुरस्कारको व्यवस्था गर्न लागेको दुगड स्पाइसेसका प्रबन्ध निर्देशक आदित्य दुगडले बताएका छन् । लुम्बिनीका अध्यक्ष ईश्वर जिसीले यस्तो पुरस्कारबाट खेलाडीको सम्मानका साथै हौसला वृद्धि हुने बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले तीन खेलमा एक जित तथा दुई हारको नतिजा निकालेको छ ।
पहिलो खेलमा चितवन राइनोजमाथि ६ विकेटको जित हासिल गरेको लायन्स दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटले पराजित भएको थियो । काठमाडौं गोर्खाजसँगको तेस्रो खेलमा लुम्बिनी २२ रनले पराजित भएको थियो ।
११ मंसिर २०८२, बुधबार १४:१४ प्रकाशित