२८ कात्तिक, कोहलपुर । कोहलपुरमा निर्माण गरीएको शवदाह गृहको सार्वजनिक सुनवाइ सम्पन्न भएको छ । कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिले बिहीबार शवदाहस्थलमै सार्वजनिक सुनवाइ गरी आर्थिक विवरण सार्वजनिक गरेको हो ।
कोहलपुर शवदाह गृह निर्माण उपभोत्ता समितिका सचिव कृष्ण आचार्यले अहिलेसम्मको आय-व्यय विवरण सार्वजनिक गर्दै शवदाह गृह निर्माणकालागी विभिन्न व्यक्ति र संघसंस्थाबाट १ करोड १० लाख २२ हजार ४०३ रकम उठेको र सोहि रकम बराबर नै लागत खर्च भएको बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आचार्यले मेसिन खरिदमा ५६ लाख रुपौया, निर्माणमा ४८ लाख ७१ हजार ६ सय ११ रुपौया, विद्युतमा १ लाख ३७ हजार ६ सय ३४, शिलालेखनमा १ लाख २६ हजार ५ सय ६० रुपैया, ढुवानीमा ५० हजार ९५ रुपैया, पारिश्रमिक १ लाख ७६ हजार २ सय रुपैया, विविध ९बोका दाउरा० ३७ हजार ८ सय ५५ रुपैया, मर्मतमा ९ हजार ४ सय ३० रुपैया, पेन्टिङ्गमा ६ हजार ९ सय ११ रुपैया, ज्यामिमा ५ हजार ५ सय रुपैया, बैंक हिसाव मिलानमा ३ हजार ६ सय १० रुपैया, सम्मान/प्रमाण पत्र तथा सञ्चारमा ३४ हजार र मसलन्दमा १२ हजार ८ सय ४५ रुपैया गरी जम्मा १ करोड १० लाख ७२ हजार २ सय ५२ रुपैया खर्च भएको बताए ।
शवदाह गृह निर्माणकालागी स्वतस्फुर्त रुपमा उठेको आर्थिक सहयोगको हर हिसाब पारदर्शी राखिएको जिकिर गर्दै आचार्यले शवदाह गृह निर्माणका क्रममा समितिका सदस्यहरुले एक कप चिया समेत नखाएको दावी गरे । उनले मंसिर १ गते कोहलपुर नगरपालिकालाई शवदाह गृह हस्तान्तरणको तयारी गरीएको जानकारी समेत दिए ।
करिब १३ महिना लगाएर कोहलपुर नगरपालिका-११ स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा अत्याधुनिक शवदाह गृह निर्माण भएको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए ।
नगर विकास समितिले गरेको निर्णयअनुसार कोहलपुरका बुद्धिजीवीहरू र समाजसेवीहरू सम्मिलित ९ सदस्यीय उपभोक्ता समिति गठन गरेर निर्माण सम्पन्न भएको शवदाह गृह निर्माणदेखि नै विभिन्न मुद्दाहरू परेकाले निर्माण समितिलाई केही कठिनाइ भएको आचार्यले जिकिर गरे ।
सबैको सल्लाह र सहयोगमा शवदाह गृह निर्माण भएको बताउँदै नगर प्रमुख आचार्यले भने, “हालसम्म शवदाह गृह निर्माण उपभोक्ता समितिमार्फत सञ्चालनमा रहेको छ, केही दिनमा नगरपालिकालाई हस्तान्तरण हुनेछ र तत्पश्चात् नगरपालिकामार्फत सञ्चालनमा आउने छ ।”
नगरपालिकाले कार्यविधि बनाएर शवदाह गृह सञ्चालनमा ल्याउने तयारी गरीरहेको समेत उनले बताए ।
शवदाह गृह निर्माण भएदेखी अहिलेसम्म ७४ जनाको निःशुल्क दाहसंस्कार गरिएको कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्र अधिकारीले बताए । सेवा भावका साथ निर्माण कार्यमा लाग्दा समेत विभिन्न मुद्दाहरू परेर काम गर्न केही कठिनाइ भएको भन्दै उनले दुःख ब्यक्त गरे ।
कोहलपुरका सबै सहयोगीदाताको सहयोगले शवदाह गृह निर्माण गर्न सफल भएको बताउँदै अधिकारीले दाहसंस्कारकालागी कोहलपुरबाट ४२ किलोमिटर टाढा अगैयासम्म जानुपर्ने बाध्यताको अन्त्य भएको जिकिर गरे । शवदाह गृहका बारेमा विभिन्न अफवाह फैलाउने काम भइरहेकाले त्यसलाई चिर्न आफ्नो बुवाको समेत नवनिर्मित शवदाह गृहमा दाहसंस्कार गरिएको उनले बताए ।
२९ कार्तिक २०८२, शुक्रबार १५:०६ प्रकाशित