सुनारमाथी ठगी र बहुविवाहको पनि अभियोग
  • काँचुली खबर

९ कात्तिक, काठमाडौं । सुशीला कार्की मन्त्रीपरिषदमा श्रममन्त्रीका रूपमा सिफारिस भएका खगेन्द्र सुनारका थप विवादित विषयवस्तुहरु सार्वजनिक भएका छन् । प्रहरी स्रोतका अनुसार उनी विगतमा वैदेशिक रोजगारीको ठगीमा पक्राउ समेत परेर थुनामा बसेका व्यक्ति हुन् ।

कांग्रेस पृष्ठभूमिका सुनार दैलेखबाट महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका थिए । उनले २०७७ सालमा नारायण नगरपालिका १ मा म्यानपावर कम्पनी खोलेर युवाहरू विदेश पठाउन थाले । तर, एक वर्ष पनि अफिस चलेन । बरु उनीविरुद्ध ठगीका उजुरीहरू परे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

तीनै उजुरीका आधारमा प्रहरीले सुनारलाई त्यतिबेलै पक्राउ गरेको थियो । उनको हत्कडी लगाएको फोटोसमेत प्रहरीले सार्वजनिक गरेको थियो । सुनारले ५ हजारदेखि १५ हजारसम्म ठगेको बताउने कतिपय व्यक्तिहरु उनी मन्त्री भएपछि पैसा उठ्ने आशामा छन् ।

यस्तै, सुनारलाई जिल्ला अदालत काभ्रेले पटके कसुरमा ८० साल असारमा १० हजार जरीवानाको फैसला सुनाएको थियो । उक्त जरीवाना उनले अहिलेसम्म तिरेका छैनन् ।

सुनारकी पत्नी राष्ट्रिय अनुसन्धान विभागका अधिकृत हुन् । उनीहरूका एक छोरा छन् । तर, श्रीमान-श्रीमतीको सम्बन्ध राम्रो छैन । श्रीमती हुँदाहुँदै विभिन्न महिलाहरूसँग अफेयरमा बस्ने गरेको उनलाई चिन्नेहरु बताउँछन् । करिब १० वर्षअघि बिहे गरेका सुनारले सुर्खेतकी एक विवाहित महिलासँग विवाहेत्तर सम्बन्ध राखेका थिए ।

ती महिलाका श्रीमान विदेशमा छन् । यस्तै काठमाडौंमा नै एक युवतीसँग केही समय लिभ इनमा बसे । विवाह गर्ने भनेर लिभ इनमा बसे पनि विवाह गर्न नमानेपछि युवतीले महिला आयोगमा उजुरी दिएकी थिइन् । अर्की एक महिलासँग पनि सम्बन्ध राखेर उनको पैसासमेत खाइदिएको आरोप सुनारमाथि छ ।

  • १० कार्तिक २०८२, आईतवार १४:०२ प्रकाशित
  • Nabintech