प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा
  • काँचुली खबर

३ कात्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले पार्टी सचिवालयबाट राजीनामा दिएकी छन् । सोमबार दाहालले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गरेकी हुन् ।

दाहालले निरन्तर आफूलाई देखाएर पार्टीका संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारण सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएको बताएकी छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले भनेकी छन्, ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु ।’

उनले पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने जनाएकी छन् । दाहालले सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार समेत व्यक्त गरेकी छन् ।

  • ४ कार्तिक २०८२, सोमबार १५:०८ प्रकाशित
  • Nabintech