३१ असोज, काठमाण्डौं । ललितपुरमा जारी नेकपा एमालेको १०औँ केन्द्रीय कमिटीका बैठकमा वीरगन्जबाट सहभागी केन्द्रीय सदस्य अरबिन्द सिंहले दुई-दुईपटक आफैँले संसद् विघटन गरेकाले अहिले प्रतिनिधि सभा पुन:स्थापनाको माग गर्दै पार्टी आन्दोलनमा जानु हास्यास्पद हुने मत राखेका छन्।
बैठकको तेस्रो दिन शुक्रबार दश बुँदे सुझाव र प्रश्न प्रस्तुत गर्दै उनले चुनाव बहिष्कार गर्दा अर्को भिडन्त निम्तिने चेतावनी पनि दिएका छन्।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
‘हामी आफैँले संसद् विघटन गरेकोले संसद् पुन:र्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बिच घृणा र हाँसोको पात्र मात्रै हुन्छौँ। चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन’, उनले भनेका छन्।
स्मरणीय छ, एमाले र माओवादी केन्द्र एकता गरेर बनेको तत्कालीन नेकपामा विवाद चर्किएर संसद्मा बहुमत गुम्ने अवस्था आएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गराएका थिए। तर सर्वोच्च अदालतले त्यही वर्ष फागुन ११ गते संसद् विघटन असंवैधानिक भएको ठहर गरिदिएको थियो। त्यसपछि पनि ओलीले फेरि २०७८ जेठ ८ गते प्रतिनिधि सभा भंग गराएका थिए। तर पुनः सर्वोच्च अदालतले बदर गरिदिएको थियो।
यस्तै उनले जनआक्रो सम्बोधनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग पनि राखेका छन्।
उनले आफ्नो सुझावमा भनेका छन्, ‘वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि रहेकोले त्यो यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्गप्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो।’
यसैगरी उनले पूर्वराष्ट्रपति तथा पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्न पनि माग गरेका छन्।
उनले भनेका छन्, ‘विद्या भण्डारीको सदस्यता नवीकरण गरि पार्टी काममा फर्किने वातावरण बनाउन माग गर्दछु।’
१ कार्तिक २०८२, शुक्रबार १४:४० प्रकाशित