इन्भर्टरको तार छुटाउँदा करेन्ट लागेर युवकको मृत्यु
  • काँचुली खबर

३० असोज, नेपालगन्ज । बाँकेमा इन्भर्टरको तार छुटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

खजुरा गाउँपालिका-७ चाईना भट्टा निवासी २४ वर्षीय रोहित बढैको बुधबार साँझ मृत्यु भएको हो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगन्ज उपमहानगरपालिका-१९ सुर्जेगाउँस्थित एक घरमा जडान गरिएको इन्भर्टरको तार छुटाउने क्रममा बढैलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

  • ३० आश्विन २०८२, बिहीबार १३:४४ प्रकाशित
  • Nabintech