राप्ती अस्पतालमा चिकित्सक अभाव
  • काँचुली खबर

दाङ- दस वर्षअघि जनसहभागितामा निर्माण गरिएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ । लामो समयदेखि अस्पतालमा मेडिकल सुपरिटेण्डन्ट नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । बिरामीले पर्याप्त सेवा पाउन सकेका छनैन् । अस्पताल रिफर सेन्टर मात्रै बनेको नागरिकले गुनासो गरेका छन् ।

‘अस्पताल छ, डाक्टर छैनन्,’ स्वास्थ्य उपचार गराउन आएकी तुलसीपुर उपमहानगरपालिका–६ की राधा पाण्डेयले भनिन्, ‘कर्मचारीले घोराही अस्पताल जान सल्लाह दिएका छन् ।’ यहाँ उपचार गराउन आउने अधिकांश बिरामीले यस्तै गुनासो गर्ने गरेका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उक्त अस्पतालमा १४ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । हाल यहाँ पाँच चिकित्सक मात्र कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा मेडिकल सुपरिडेण्डेन्टका रुपमा कार्यरत डा. भोला श्रेष्ठ डेढ वर्षअघि स्वास्थ्य मन्त्रालमा काज सरुवा भएर गएपछि हालसम्म अस्पताल निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । स्त्रीरोग विशेषज्ञ डा. विनोद सिंहले निमित्तको रूपमा काम गर्दै आएका छन् ।

‘अस्पतालमा दक्ष जनशक्ति र उपकरणको अभाव छ, आइसियु सेवा सञ्चालन गर्न सकिएको छैन,’ अस्पतालका प्रशासन अधिकृत निमबहादुर केसीले भने । अस्पतालमा हाल कुल ७४ जनाको दरबन्दी रहे पनि ५६ कर्मचारी मात्र कार्यरत छन् । सबैभन्दा बढी समस्यामा सर्पदंशका बिरामी पर्ने गरेका छन् । उनीहरुको उपचार गर्न आवश्यक भेन्टिलेटरको अभाव छ । रिफर गर्दा बाटोमै ज्यान जाने गरेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सिंह पर्याप्त जनशक्ति, उपकरण र भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको बताउँछन् । उनले भने, ‘एनआइसियु सञ्चालनका लागि सामग्री आएको छ, दक्ष जनशक्तिका कारण सेवा दिन सकेका छैनौँ ।’

विसं २०६५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा रहेको उक्त अस्पतालको स्तरवृद्धि गरी राप्ती अञ्चल अस्पताल बनाइएको हो । सो क्षेत्रका नागरिकले महापुराण लगाएर संकलन गरेको दुई करोड तथा पाँच बिघा जग्गा अञ्चल अस्पताललाई हस्तान्तरण गरेका थिए । यहाँ प्रदेश नं ५ का दाङ, रुकुम, रोल्पा तथा कर्णाली प्रदेशको सल्यान, जाजरकोटलगायत जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । उचित उपचार पाउन नसकेपछि बिरामी बाँकेको कोहलपुर, बुटवल, काठमाडौँ तथा भारत जाने गरेका छन् ।

  • २३ श्रावण २०७५, बुधबार १०:१५ प्रकाशित
  • Nabintech