१६ चैत्र २०८०, शुक्रबार
राप्तीपारी क्षेत्रमा विद्युतिकरणकालागि दुईपक्षिय सम्झौता
  • काँचुली खबर

बाँकेको राप्तीपारी क्षेत्रमा विद्युत विस्तारकालागी महत्वपूर्ण निर्णय भएको छ । मंगलबार राप्तीपारीको नरैनापुरमा विद्युत विस्तारकालागी वन बिभाग बबरमहल र नेपाल विद्युत प्राधिकरण कोहलपुर-धामपुर ३३ के.भि. प्रसारण लाईन आयोजना बीच काठमाण्डौंमा २७ बुदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
कोहलपुर-धामपुर हुँदै तिनघरुवा-अलिनगर क्षेत्रभित्र पर्ने ५.३० कि.मी. बन क्षेत्रको जग्गा प्रयोग गर्न भोगाधिकार दिने र त्यस क्षेत्रमा रहेका रुख हटाउने सम्बन्धी दुईपक्षिय सम्झौता भएको बाँके क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज अथकले जानकारी दिए । सम्झौतापत्रमा साँसद अथकले हस्ताक्षर गरेका छन ।
अथकका अनुसार राप्तीपारी क्षेत्रमा विद्युतीकरणकालागि आवश्यक सम्पूर्ण नीतिगत निर्णयहरु भईसकेकाले यस आर्थिक वर्षभित्र त्यस क्षेत्रका जनताले बत्ती बाल्न पाउने छन ।

  • २२ श्रावण २०७५, मंगलवार १८:१९ प्रकाशित
  • Nabintech