उत्तर कोरीयाली नेताको रेल यात्रा, यस कारण छ विशेष
  • काँचुली खबर

एजेन्सी । जब कुनै देशका सर्वोच्च नेता अर्को देशमा जान्छन्, यात्रा गर्ने सबैभन्दा छिटो र आरामदायी माध्यम भनेको हवाई जहाज हो, तर उत्तर कोरियाका शासक किम जोङ उनका लागि फरक छ। किम रेल मै चढेर मंगलबार चिनियाँ सीमामा प्रवेश गरे।

रेलले उत्तर कोरियाको राजधानी प्योङयाङबाट चीनको राजधानी बेइजिङसम्म लगभग १,३०० किलोमिटरको दूरी पार गर्यो। आज (बुधबार) चीनको राजधानी बेइजिङमा आयोजित ‘विजय दिवस’ परेडमा भाग लिन किम जोङ उन रेल चढेर चीन पुगे।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

दक्षिण कोरियाको योनहाप एजेन्सीका अनुसार, किम चढेको रेल भारी सुरक्षा व्यवस्थाले सुसज्जित थियो, जसका कारण रेलको गति पनि सुस्त थियो ।

उत्तर कोरियामा रेल नेटवर्क निकै पुरानो छ, त्यसैले पनि यसको गति सुस्त हुनसक्छ ।

किम चढेको रेलमा के-के छ ?

उत्तर कोरियाका नेता किम जोङ उन रेलबाट त्यति टाढा यात्रा गर्नु कुनै नयाँ कुरा भने होइन । किम जोङ उनभन्दा पहिले उनका बुबा र हजुरबुबाले पनि धेरै पटक रेल चढेर लामो यात्रा गरिसकेका छन् । रेल यात्रा गर्ने परम्परा उनका हजुरबुबाले सुरु गरेका थिए ।

किम जोङ उनका बुबा किम जोङ इलले यो परम्परालाई निरन्तरता दिए । किम जोङ इललाई विमानमा यात्रा गर्न डर लाग्थ्यो पनि भन्ने गरिन्छ । २००९ नोभेम्बर मा, एक दक्षिण कोरियाली समाचार आउटलेटले बुलेटप्रुफ उक्त रेलमा ९० वटा डिब्बा रहेको उल्लेख गरेको थियो ।

पहेंलो धर्का भएको, गाढा हरियो रेलमा सम्मेलन कक्ष, दर्शक कक्ष, शयनकक्ष, उपग्रह फोन र फ्ल्याट स्क्रिन टेलिभिजनहरू छन् । केही अन्य तस्विरहरूमा, रेलको डिब्बामा रातो छालाको कुर्सीहरू भएको पनि देख्न सकिन्छ ।

बीबीसीले जनाए अनुसार, उत्तर कोरियाका शीर्ष नेता सवार हुने विशेष रेलको गति ५० किलोमिटर प्रति घण्टा छ, जसको तुलनामा, लन्डनको हाई स्पिड रेलको गति २०० किलोमिटर प्रति घण्टा छ, जबकी जापानको बुलेट रेलको गति ३२० किलोमिटर प्रति घण्टा छ ।

उक्त रेलको नाम ताइएन्घो राखिएको छ । कोरियाली भाषामा, ताइएन्घोकोको अर्थ सूर्य हो, जुन उत्तर कोरियाका संस्थापक किम इल सुङको प्रतीक मानिन्छ ।

उत्तर कोरियाली नेताहरूको रेल कनेक्सन

​लामो दूरीको यात्राको लागि रेल प्रयोग गर्ने परम्परा किम इल सुङले सुरु गरेका थिए । किम जोङ उनका हजुरबुबा किम इल सुङ त्यसबेला भियतनाम र पूर्वी युरोपमा रेलबाट यात्रा गर्थे ।

उत्तर कोरियाका सुरक्षा एजेन्टहरूले रेलको सुरक्षाको जिम्मेवारी लिने गर्छन् । तिनीहरूले बम वा अन्य खतराहरूलाई ध्यानमा राखेर रेल मार्ग र आगामी स्टेसनहरू स्क्यान गर्छन् ।

सन् २००२ देखि २००४ सम्म उत्तर कोरियामा भारतका राजदूत रहेका आरपी सिंह रेलमा यात्रा गर्नु उत्तर कोरियाली नेताहरूका लागि नयाँ कुरा नभएको बताउँछन् । ‘नेताहरू सामान्यतया विमानमा यात्रा गर्दैनन्, किनकी, उनीहरू विमान यात्रा असुरक्षित ठान्छन्’ सिंहले भने ।

किमका हजुरबुबा कहिलेकाहीँ हवाईजहाजमा बस्थे तर विशेषगरी उनलाई रेल मन पर्थ्यो । यो रेल उनको आफ्नै अनि विशेष छ र उनको आवश्यकतालाई ध्यानमा राखेर बनाइएको आरपी सिंह बताउँछन् ।

सन् २००१ मा, किम जोङ उनका बुबा किम जोङ इल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न दस दिनको यात्रा पछि मस्को पुगेका थिए । कोरियाली भाषाकी अवकाशप्राप्त प्राध्यापक वैजयन्ती राघवन भन्छिन् ‘किम जोङ उनका बुबा र हजुरबुबाले पनि सीमित संख्यामा यात्राको लागि रेलहरू मन पराउनुभयो। यो एक गोप्य देश हो र जसका नेताको रूपमा, उनी आफ्नो जीवनलाई गोप्य राख्न चाहन्छन्। उनी के खान्छन्, के गर्छन्, उनी कसैलाई थाहा दिँदैनन् ।’

किम जोङ उन आफ्ना बुबा जस्तै विमानमा उड्न डराउँदैनन् र उनले आफ्ना धेरै यात्राहरूको लागि रुसका बनेका निजी जेट विमानहरूको प्रयोग गरिसकेका छन् ।

यात्रा अनुभव

सन् २००१ मा उत्तर कोरियाली नेता किम जोङ इलसँग एउटै रेलमा यात्रा गर्ने रुसी सैन्य कमान्डर कोन्स्ट्यान्टिन पुलिकोभस्कीले आफ्नो पुस्तकमा लेखेका छन्, ‘त्यो रेलमा रुस, चीन, कोरिया, जापान र फ्रान्सबाट कुनै पनि परिकार अर्डर गर्न सकिन्छ ।’

रुसी कमाण्डरले भ्लादिमिर पुटिनको निजी रेल किम जोङ इलको रेल जतिकै आरामदायी थिएन भनेका छन् । अर्का रुसी राजदूत जर्जी टोलोरायाले २०१९ मा उक्त रेल यात्राको बारेमा लेखेका थिए । उनले त्यो रेलमा कसरी विभिन्न प्रकारका मासु र पेय पदार्थहरू पस्किएका थिए भनेर सम्झेका छन् ।

उत्तर कोरियाको सरकारी मिडियाले २०११ मा रेलमा यात्रा गर्दा किम जोङ इलको हृदयघातबाट मृत्यु भएको उल्लेख गरेको थियो ।

उत्तर कोरियाका नेता रुस र चीन नै किन जान्छन् ?

दोस्रो विश्वयुद्ध पछि कोरियाली युद्ध भयो र दुई छुट्टा छुट्टै स्वतन्त्र देशहरू बने । त्यसपछि शीतयुद्ध भयो र दुवै देशहरू फरक-फरक गुटमा सामेल भए । उत्तर कोरिया सोभियत संघमा सामेल भयो र दक्षिण कोरिया संयुक्त राज्य अमेरिकामा सामेल भयो ।

वैजयन्ती राघवनको बुझाइमा, उत्तर कोरियाको सिमाना पहिले सोभियत संघ (अहिले रुस) र चीनसँग थियो र यी सबै देशहरूको विचारधारा पनि एक अर्कासँग मिल्दोजुल्दो छ ।

विश्वका प्रमुख शक्तिहरूले यी देशहरूलाई विभाजित गरेका थिए र तिनीहरूको विभाजन भारत-पाकिस्तानको विभाजन भन्दा फरक थियो ।

‘कोरिया सानो देश थियो । सन् १९१०-१९४५ को बीचमा कोरिया जापानको औपनिवेशिक देश थियो’ वैजयन्ती भन्छिन् ‘यसरी, उत्तर कोरियाका नेता पहिले रेलबाटै सोभियत संघ र त्यसपछि रुस वा चीन भ्रमण गर्थे ।’

  • १८ भाद्र २०८२, बुधबार १४:५९ प्रकाशित
  • Nabintech