१३ बैशाख २०८१, बिहीबार
ग्रिन एरिया निर्माणकालागि बनमन्त्रीसँग बजेट माग
  • काँचुली खबर

वागेश्वरी वहुमुखी पब्लिक क्याम्पस कोहलपुरमा ग्रिन एरिया निर्माण हुने भएको छ । क्याम्पसभित्र रहेको खाली भुभागमा माटो पटान गरि ग्रिन एरिया निर्माण गर्ने उद्धेश्यका साथ पहल सुरु गरिएको हो ।
वागेश्वरी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले वर्तमान सरकारका बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतलाई कोहलपुरमा ब्यवस्थित पार्क निर्माणकालागि आग्रह गरिएको जानकारी दिए । न्यौपानेले कोहलपुर चौराहदेखि पूर्वतर्फको भुभागलाई ब्यवस्थित गरि पार्क निर्माण गर्ने र वागेश्वरी क्याम्पसभित्र ग्रिन एरिया निर्माणकालागि आवश्यक बजेट ब्यवस्थापन गरिदिन मन्त्री बस्नेत समक्ष मागपत्र पेश गरेको जानकारी दिए ।
वागेश्वरी क्याम्पसका प्रतिनिधीहरुका तर्फबाट राखिएको मागपत्रलाई मन्त्री बस्नेतले सकारात्मक लिएको र तत्काल बजेटकालागि पहल गर्ने प्रतिवद्धता जनाएको वागेश्वरी क्याम्पस संचालक समितिका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

  • २१ श्रावण २०७५, सोमबार २०:०७ प्रकाशित
  • Nabintech