११ बैशाख २०८१, मंगलवार
स्थानियसँग प्रहरीको सहकार्य आवश्यक : बस्नेत
  • काँचुली खबर

प्रदेश नं. ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक शेर बहादुर बस्नेतले जनताको सहयोग बिना प्रहरीले एक्लै केही गर्न नसक्ने बताएका छन ।
बाँकेको खजुरामा रहेको ईलाका प्रहरी कार्यालय धनौलीको भवन उद्घाटन तथा हस्तानन्तरण कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरिक्षक बस्नेतले जनता र
प्रहरी एक भएर लागेमा समाजका जस्ता सुकै समस्याको पनि समाधान हुने बताए । उनले हरेक क्षेत्रमा लागुऔषधको प्रयोग बढ्दो मात्रामा पाइएको बताउँदै त्यसको रोकथामका लागी हरेक नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।


खजुराका स्थानीयबासीहरुले जनश्रमदान गरि निर्माण गरेको भवनको उद्घाटन गर्दै बस्नेतले ५ नं. प्रदेश प्रहरीको नारा नै गुणस्तरीय सेवा रहेको बताउँदै हरेक प्रहरी सेवाग्राही बनेर सेवाग्राहीलाई सन्तुष्ट बनाउन सक्नुपर्नेमा जोड दिए । उनले कुनै पनि अबस्थामा प्रहरीको कामबाट असन्तुष्ट हुन नहुने बताउँदै त्यसका लागी ईमान्दार भएर काम गर्नका लागी मातहतका प्रहरी अधिकृतलाई निर्देशन समेत दिए ।
कार्यक्रममा बोल्दै खजुरा गाउँपालीका अध्यक्ष किस्मत कुमार कक्षपतिले ईलाका प्रहरी कार्यालय धनौली क श्रेणीको प्रहरी कार्यालय भएपनि भवनको अभाबमा प्रहरीबाट सोचेजस्तो काम हुन नसकेको बताए । स्थानीयले नै प्रहरीका लागी भवन निर्माण गरेको देशकै लागी उदाहरणीय काम भएको भन्दै भवन निर्माणमा जुटने सबैमा उनले आभार ब्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत गर्दै भवन निर्माण समितिका सदस्य टंक पोखरेलले खजुरा क्षेत्रमा ब्याप्त रुपमा रहेको लागुऔषध प्रयोग तथा बेचबिखनलाई नियन्त्रण गर्नकालागी प्रहरीको बेग्लै संयन्त्र परिचालन गर्नुपर्ने बताए ।
खजुराका स्थानीयबासीको सहयोगमा ३० लाख २७ हजार २ सय ९४ लागतमा प्रहरी भवन निर्माण गरिएको हो । भवनमा महिला तथा पुरुष थुनुवा कक्षका साथै महिला
ब्यारेक समेत निर्माण गरिएको छ ।

  • २१ श्रावण २०७५, सोमबार १९:०७ प्रकाशित
  • Nabintech