भेरी अस्पतालका दुई जना कर्मचारी निलम्वित
  • काँचुली खबर

५ भदौ, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालको प्रशासनले अस्पताल फार्मेसीका दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार बीमामा आबद्ध भएका एक जना बिरामीबाट औषधि वाफतको रकम क्यासमा फिर्ता गरेको पाइएपछि दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेर स्पष्टीकरण सोधिएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले एक जनालाई शुक्रबार र अर्कोलाई मङ्गलबार निलम्बन गरिएको बताए । उनीहरुमाथि आन्तरिक अनुसन्धान भइरहेको पनि अस्पताल प्रमुख डा. सुवेदीले बताए ।

निलम्बित कर्मचारीले दिने स्पष्टीकरणका आधारमा थप कारबाही प्रक्रिया अगाडि बढाइने पनि उहाँले जानकारी गराए । अस्पतालको फार्मेसीलाई व्यवस्थित बनाउनुका साथै अस्पतालका सेवा सुविधालाई सहज र सरल बनाउनका लागि अनुगमनलाई समेत तीव्र पारिएको अस्पताल प्रशासनले जनाएको छ । सोही उद्देश्यले गत केही समययता निरन्तर अनुगमन कार्य भइरहेकाले अनुगमनकै क्रममा फार्मेसी काउन्टरका कर्मचारीको त्रुटि भेटिएको अस्पतालले जनाएको छ ।

अस्पतालका सेवा सुविधा बिरामीलाई उपलब्ध गराउँदा हुने कुनै पनि प्रकारको बेवास्ता र लापरवाहीलाई अनुगमनमार्फत पत्ता लगाएर कारबाही गरिने अस्पताल विकास समितिले जनाएको छ ।

  • ५ भाद्र २०८२, बिहीबार १२:३७ प्रकाशित
  • Nabintech