३ भदौ, कोहलपुर । बाँकेको कोहलपु्रमा रहेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत लैजान कर्णाली सरकारले सक्रियता बढाएको छ । कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठकले उक्त कार्यालय सुर्खेत सार्न अनुरोध गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा विषयगत मन्त्रालयहरूको विभिन्न मितिमा बसेको बैठकले यसअघि सुर्खेतबाट कोहलपुर सारिएको जल तथा मौसम विज्ञानको कार्यालय फेरी सुर्खेतमा स्थापना गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
ऊर्जा, जलस्रोत तथा सिँचाइ विकास मन्त्रालय मातहतमा रहेको उक्त कार्यालय लामो समय सुर्खेतबाटै सञ्चालन भएको थियो । मन्त्रालयले पछि सुर्खेतबाट सारेर कार्यालय कोहलपुरमा स्थापना गरेको हो । कर्णालीमा विपद्जन्य घटना बढी हुने र तत्काल त्यसको जानकारीसँगै पूर्वतयारीका लागि प्रदेश र स्थानीय सरकारलाई सहज हुने भएकाले सुर्खेतमै कार्यालय स्थापना गर्नुपर्ने प्रदेश सरकारको माग छ ।
बैठकले स्थानीय सेवाका कर्मचारीहरूको अभिलेख व्यवस्थापन प्रणाली सञ्चालनमा नरहेकाले प्रदेश सरकारलाई हस्तान्तरण गराउन अनुरोध गर्ने समेत निर्णय गरेको छ । त्यसका लागि राष्ट्रिय किताबखाना ९निजामती०बाट व्यवस्थापन प्रणाली प्रदेशमा हस्तान्तरणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिने उल्लेख छ ।
साथै संघीय मन्त्रालयबाट खटनपटन गरिँदै आएका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले खटाउने व्यवस्था गर्न पनि पत्राचार गरिएको छ ।
संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्न बाँकी रहेका कानुन तत्काल निर्माण गर्ने, जाजरकोटमा भूकम्पपछि पुनर्निर्माण तथा पुनस्र्थापना कार्यलाई यथाशीघ्र सम्पन्न गर्न संघीय सरकारलाई अनुरोध गर्ने र दैलेख, सल्यान, रुकुम पश्चिम र हुम्ला जिल्लामा निर्माणाधीन अस्पतालको भवनको प्राविधिक काम सम्बन्धित पूर्वाधार कार्यालयबाट गराउन संघीय सरकारलाई अनुरोध गर्ने बैठकमा निर्णय गरिएको छ ।
यस्तै सुर्खेत विमानस्थलबाट कर्णालीका दुर्गम जिल्लाहरूमा हुने हवाई उडानलाई नियमित गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई अनुरोध गरिएको छ भने कालिकोटमा रहेको त्रिवेणी पाटनको विवाद समाधानका लागि सुदूरपश्चिम सरकारसँग समन्वय, छलफल र परामर्श गर्ने निर्णय भएको छ । वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधानका लागि निर्माणाधीन भेरी पम्पिङ आयोजनाको काम समयमै सम्पन्न गर्न अनुरोध गरिएको छ ।
३ भाद्र २०८२, मंगलवार १९:२० प्रकाशित