३१ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा आजदेखि १५ शैयाको महिला डेडिकेटेड अस्पताल संचालनमा आएको छ । यसक्षेत्रकै चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा संचालनमा ल्याइएको ‘एच एण्ड एच’ अस्पतालले यसक्षेत्रका महिलाहरुको स्वास्थ्यमा सहज, सरल, छिटोछरितो र गुणस्तरीय सेवा प्रवाह गर्ने विश्वास लिइएको छ ।
महिलाहरुलाई विशेष प्राथमिकता दिएर कोहलपुर नगरपालिका वडा नं. ११ मा स्थापना भएको यो अस्पतालले महिलासँगै अन्य स्वास्थ्य सेवा समेत प्रवाह गर्ने भएकाले यहाँका नागरिकहरुको स्वास्थ्यमा सहज पहुँच हुने अस्पतालकी संचालक डा. विसीले बताइन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले भनिन्, ‘खासगरी हाम्रो उद्देश्य भनेको महिलालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने हो । तर अन्य सेवाहरुपनि उपलब्ध गराइन्छ ।’ २४ सैं घण्टा इमरजेन्जी सेवासँगै ओपिडी, आइसीयू, एनआइसीयू, एचडियू, कम्प्रेन्सिभ मेटिनेटी केयर, मोर्डन अप्रशेन थियटर, आफ्नै फार्मेसी लगायतको सेवा सहित अस्पताल सुरु भएको हो ।
डा. विसीसँगै युरोलोजिष्ट डा. नरेशमान श्रेष्ठ, अर्थोपेडिक सर्जन डा. प्रतिक कार्की, ग्याष्ट्रोइन्टेरोलोजी सर्जन डा. प्रदिप थापा र बालरोग विशेषज्ञ डा. विवेक शाह, डा. सन्जय रिसाल लगायतले अस्पतालबाट सेवा दिनेछन् । कोहलपुरमा अत्याधुनिक एच एण्ड एच अस्पताल खुलेसँगै स्वास्थ्य क्षेत्रमा नागरिकहरुले थप सहज सेवा पाउने अपेक्षा गरिएको छ ।
३२ श्रावण २०८२, शनिबार १७:२३ प्रकाशित