२४ साउन, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जस्थित ठाकुरबाबा नगरपालिका-९ हात्तीसार नजिक खौराहा खोलामा गोहीको आक्रमणमा मंगलबारदेखि बेपत्ता भएका युवा मृत फेला परेका छन् ।
बेपत्ता भएका मधुवन नगरपालिका-१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुको शव नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले निरन्तर खोजीपछि शनिबार खोराहा खोला किनारमा फेला पारेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले जानकारदी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मंगलबार थारुसहित तीनजना युवा पौडी खेल्न खौराहा खोला पुगेका थिए । तीमध्ये दुई जना सकुशल खोलाबाट निस्कन सफल भएका थिए । पाँच दिनदेखि बर्दिया निकुञ्जको दुई वटा हात्ती, सेनाको मोटरबोट सशस्त्र प्रहरीका गोताखोर, नेपाल प्रहरीलगायत स्थानीय खोजी कार्यमा खटिएका थिए ।
निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले थारुको शव फेला परेको पुष्टि गरेका छन् । मधुवन-१ का वडाध्यक्ष मिन थापाले थारुको दुई वटा हात र खुट्टाबाहेक शरीरका अन्य अंग फेला परेको बताए ।
२५ श्रावण २०८२, शनिबार १९:१२ प्रकाशित