रासायनिक मल सहज रुपमा उपलब्ध गराउन माओवादी केन्द्रको माग
  • काँचुली खबर

२२ साउन, नेपालगन्ज । जिल्लामा देखिएको रासायनिक मल अभावका विषयमा माओवादी केन्द्रले गम्भीर चासो व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), कोहलपुर नगर समितिले रासायनिक मलको चरम अभावप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आज जिल्ला प्रशासन कार्यालय बाँकेमा ध्यानाकर्षण-पत्र बुझाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीलाई ध्यानाकर्षण पत्र बुझाउँदै माओवादीका प्रतिनिधिहरुले मलको सहज वितरणको वातावरण मिलाउन आग्रह गरेका हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

ध्यानाकर्षण पत्रमार्फत, किसानहरू मलको अभावका कारण अत्यन्तै मारमा परेको भन्दै तुरुन्त मलको व्यवस्था मिलाउन माग गरिएको छ । मलको सहज वितरण नहुँदा किसानहरु मंहगोमा मल किन्न बाध्य भएको उल्लेख गर्दै धानाकर्षण पत्रमार्फत प्रभावकारी कदम चाल्न आग्रह गरीएको छ ।

समयमै मल उपलब्ध नहुँदा बाली उत्पादनका साथै समग्र कृषी क्षेत्रमा गम्भीर असर पर्न सक्ने भन्दै प्रशासनलाई यथाशीघ्र कदम चाल्न आग्रह गरिएको नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का (अबिरल) ले जानकारी दिए ।

बाँके जिल्लाका कृषकहरुलाई तत्काल सहज तरिकाले जिल्लामा आवश्यक पर्ने रासायनिक मल आवश्यकताका आधारमा समयमै बितरण गर्न र उत्पादन क्षेत्रमा प्रोत्साहन गर्न विशेष भुमिका निर्वाह गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाईएको खड्काले बताए ।

ध्यानाकर्षण-पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मल अभावको समस्या समाधानको प्रयास भईरहेको बताएका थिए । उनले कृषि सामग्री कम्पनी लिमिटेड बाँकेबाट कोटाका आधारमा जिल्लाका आठ वटै पालिकामा मल पठाउने काम भईरहेको उल्लेख गर्दै छिट्टै सबै किसानले सहज रुपमा मल पाउने विश्वास ब्यक्त गरे ।

ध्यानाकर्षण पत्र बुझाउन नेकपा माओवादी केन्द्रका स्थानियदेखी केन्द्रिय स्तरका नेता कार्याकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

 

  • २३ श्रावण २०८२, बिहीबार १८:४६ प्रकाशित
  • Nabintech