३१ असार, कोहलपुर । नेकपा (माओवादी केन्द्र) लगायत १२ राजनैतिक दलले कोहलपुरमा नेपाली काँग्रेस र नेकपा एमाले को पार्टी कार्यालय सञ्चालनार्थ सार्वजनिक जग्गा बितरण गर्ने प्रक्रिया अगाडि बढाएको प्रति आपत्ति जनाएका छन ।
कोहलपुर नगरपालिकाले १६औं नगरसभाबाट सुशील कोइराला स्मृति प्रतिष्ठान र मदन आश्रित स्मृति प्रतिष्ठानको नाममा क्रमश: ३ कठ्ठा र २ कठ्ठा १७ धुर जग्गा भवन निर्माणका लागी दिने निर्णय गरेको प्रति दलहरूले आपत्ति जनाएका हुन । उनीहरूले उक्त जग्गा बितरण गर्ने प्रक्रिया रोक्न समेत माग गरेका छन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोहलपुरमा सक्रिय १२ राजनैतिक दलले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै सार्वजनिक सम्पतीको संरक्षणमा ध्यान दिन स्थानिय सरकारलाई आग्रह गरेका छन । साथै बढ्दो सहरीकरण भईरहेको कोहलपुरमा खेल मैदान र सार्वजनिक स्थानको रुपमा संरक्षण गर्न समेत उनिहरुले माग गरेका छन ।
विगतमा पनि सोही विषयमा कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण गराइएको स्मरण गर्दै दलहरूले जग्गा बितरण प्रक्रिया नरोके कानुनी लगायत अन्य सङ्घर्षका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन ।
विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपा, नेकपा एस, नेकपा बहुमत, जनता समाजवादी पार्टी नेपाल र क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायतका प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन ।

३१ असार २०८२, मंगलवार ११:१४ प्रकाशित