९ असार, काठमाण्डौं । देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु सुनसरीको इटहरीमा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०र८१ को प्रतिवेदनअनुसार बुटवलमा सबैभन्दा कम छ ।
कोशी प्रदेशमा दुई, मधेशमा ३, लुम्बिनीमा ४, सुदूरपश्चिम र बागमती १-१ वटा उपमहानगर पालिका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रतिवेदनअनुसार इटहरीमा बेरुजु रकम १ अर्ब २६ करोड रूपैयाँ पुगेको छ । यस्तै मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा पनि १ अर्बभन्दा बेरुजु रकम पुगेको छ ।
बुटवल उपमहानगरमा ३ लाख ३८ हजार रूपैयाँमात्रै बेरुजु रकम रहेको प्रतिवेदनमा उल्लेख छ ।
इटहरीमा १ अर्ब २६ करोड
इटहरी उप महानगर पालिकाकाको बेरुजु १ अर्ब २६ करोड ९१ लाख ६७ हजार ५७८ पुगेको छ । त्यो असुल गर्नु पर्ने, प्रमाण पेस गर्नु पर्ने, पेस्की मिलान गर्नुपर्ने लगायतको बेरुजु हो ।
यहाँ यो वर्षमात्रै १६ करोड २१ लाख १२ हजार ५७८ रूपैयाँ बेरुजु थपिएको छ । यो बीचमा बेरुजु फर्छ्यौट शून्य देखिन्छ ।
इटहरीमा असुल गर्नुपर्ने बेरुजु ५४ लाख १३ हजार ८४९ रूपैयाँ छ । यस्तै २०८०/८१ मा ४ करोड, ५४ लाख ९२ हजार ४९० रूपैयाँ अनियमितरूपमा खर्च गरिएको देखाइएको छ ।
प्रमाण पेस गर्नुपर्ने बेरुजु ६ करोड ७९ लाख १३ लाख ६६५ रूपैयाँ छ । इटहरीमा २०७९/८० सम्म १ अर्ब १० करोड ७० लाख ५५ हजार रूपैयाँ बेरुजु थियो ।
जनकपुरमा १ अर्ब
महालेखाको प्रतिवेदनअनुसार जनकपुरको कुल बेरुजु १ अर्ब १ करोड ८६ लाख ५८ हजार ३७२ रूपैयाँ पुगेको छ । ८०/८१ मा यस उपमहानगरमा ४ करोड ९२ लाख ९० हजार २९६ रूपैयाँ थपिएको हो । १४ लाख रूपैयाँ बेरुजु फर्छ्यौट गरेको प्रतिवेदनमा देखिएको छ ।
तुलसीपुरमा ९२ करोड
दाङको तुलसीपुर उप महानगरपालिकामा भने ९२ करोड १ लाख ६३ हजार २२८ रूपैयाँ कुल बेरुजु पुगेको छ । सो पालिकामा यो वर्ष ८ करोड ९४ लाख १५ हजार ६७६ रूपैयाँ बेरुजु थपिएको छ । अघिल्लो वर्षको परीक्षण हुँदा सो पालिकामा ८६ करोड ८३ लाख ५८ हजार ९७६ रूपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । प्रतिवदन अनुसार सो पालिकामा ५ करोड ४२ लाख ४७ हजार १२४ रुपैयाँ बेरुजु फछ्र्यौट गरेको प्रतिवेदनमा लेखिएको छ ।
जितपुर सिमरामा ९० करोड
बाराको जितपुर सिमरा उप महानगरपालिकाको बेरुजु ९० करोड ३२ लाख ५५ हजार ९२८ रूपैयाँ पुगेको छ । पछिल्लो वर्ष यहाँ २२ करोड ६४ लाख ९१ हजार ८८८ रूपैयाँ थपिएको हो । उपमहानगरले यो वर्ष ४० लाख रूपैयाँ बेरुजु फर्छ्यौट गरेको महालेखाले जनाएको छ ।
कलैयामा ७४ करोड
मधेस प्रदेशकै कलैया उप महानगरपालिकामा ७३ करोड ५८ लाख ४० हजार २०८ रूपैयाँ बेरुजु छ । २०८०/८१ मा १३ करोड १ हजार रूपैयाँ थपियो । जसमा असुल गर्नुपर्ने १ करोड १३ लाख ३६ हजार छ । पछिल्लो समय यहाँ पनि बेरुजु फर्छ्यौट शून्य छ ।
घोराहीमा ७० करोड
दाङ जिल्लाकै अर्को उपमहानगरपालिका घोराहीमा कुल बेरुजु ७० करोड २६ लाख ३६ हजार ५२९ रुपैयाँ पुगेको छ । यहाँ पछिल्लोपटक ६ करोड ७८ लाख २८ हजार रूपैयाँ थपिँदा ६ करोड २९ लाख ४० हजार बेरुजु फर्छ्यौट भएको छ ।
हेटौंडामा ५१ करोड
बागमती प्रदेशमा रहेको एकमात्रै उपमहानगरपालिका हेटौंडामा पनि बेरुजुको चाङ छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार सो पालिकामा कुल बेरुजु ५१ करोड १४ लाख ५१ हजार ७१ रूपैयाँ छ । यहाँ आर्थिक वर्ष २०८०/८१ मा १३ करोड २ लाख ९४ हजार २९६ रूपैयाँ थप भएको छ । पछिल्लो समय १३ करोड १० लाख ८६ हजार २३३ रूपैयाँ बेरुजु रकम घटेको छ ।
धरानमा ४१ करोड
सुनसरीकै धरान उप महानगरपालिकामा भने आर्थिक वर्ष ८०/८१ मा ८ करोड करोड ७६ लाख ९७ हजार रूपैयाँ बेरुजु थपिएको छ । योसँगै धरानको कुल बेरुजु ४१ करोड ९६ लाख ७३ हजार ५९७ रूपैयाँ बेरुजु पुगेको छ ।
आर्थिक वर्ष ८०/८१ मा १ करोड ६७ लाख २६ हजार रूपैयाँ प्रक्रियामा फर्छ्यौट भएको छ ।
महालेखाले ८५ लाख ३८ हजार रूपैयाँ असुल उपर गर्नुपर्ने, ३ करोड १४ लाख ९९ कागजात पेस गर्नुपर्ने र २ करोड ३२ लाख ५१ हजार रूपैयाँ नियमित गर्नुपर्ने औँल्याएको छ ।
यस उपमहानगरमा गत वर्षसम्म ४२ करोड ९० लाख २५ हजार रूपैयाँ बेरुजु रहेकोमा यो वर्ष कुल अद्यावधिक बेरुजु ४१ करोड ९६ लाख २५ हजार रूपैयाँ कायम भएको हो । धरानमा परीक्षण गरिएको यस वर्ष ७ करोड १२ लाख ५३ हजार ५४० रूपैयाँ फर्छ्यौट भएको छ ।
धनगढीमा ३० करोड
सुदूरपश्चिम प्रदेशको एकमात्रै उपमहानगरपालिका धनगढीमा ३० करोड ६८ लाख ५७ हजार ६४९ कुल बेरुजु पुगेको छ । महालेखाको प्रतिवेदन अनुसार सो पालिकामा परीक्षण गरेको यस वर्ष ४ करोड ७२ लाख ६९ हजार १३७ रूपैयाँ बेरुजु देखिएको छ । सो पालिकाले सो वर्ष ६ करोड ५२ लाख ८२ हजार ४८८ रूपैयाँ बेरुजुको हिसाब मिलान गरेको प्रतिवेदनले जनाएको छ ।
नेपालगन्जमा साढे १० लाख
बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा १० लाख ५० हजार ३७३ रूपैयाँ बेरुजु पुगेको छ । पछिल्लोपटक यहाँ ८७ हजार २९८ रूपैयाँ थपिएको हो । आर्थिक वर्ष २०८०/८१ मा ६ हजार ७२९ रूपैयाँ बेरुजु फर्छ्यौट गरिएको छ ।
बुटवलमा सबैभन्दा कम
लुम्बिनी प्रदेशको बुटवल उप महानगरमा देशका अन्य उपमहानगरभन्दा कम बेरुजु देखिएको छ । यहाँ हालसम्म ३ लाख ३८ हजार ३८६ रूपैयाँमात्र बेरुजु छ । सम्परीक्षण गरिएको ८६ हजार ४६० रूपैयाँ थपिएको प्रतिवेदनमा उल्लेख छ । यहाँ पेस्की ३८१ रूपैयाँमात्रै पेस्की फर्छ्यौट गर्न बाँकी छ ।
नेपालप्रेसबाट
९ असार २०८२, सोमबार १५:४५ प्रकाशित