२७ जेठ, काठमाडौं । टिकटकमा सर्वाधिक पछ्याइएका सोसल मिडिया स्टार खाबी लेम अमेरीकाबाट निकालिएका छन । टिकटकमा १६ करोड २० लाख फलोअर्स भएका यी स्टारलाई गत शुक्रबार नेभाडामा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले भिसाको म्यादभन्दा धेरै समय बसेको आरोपमा पक्राउ गरेको खबर बाहिरीएको छ ।
उनलाई आफ्नो मुलुक इटाली डिपोर्ट गरिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ‘स्वेच्छिक प्रस्थान अनुमति’ गर्ने सर्तमा उनलाई रिहा गरिएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
‘अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तनले जुन ६ मा इटालीका नागरिक २५ वर्षीया सेरिन्गे खबाने लामेलाई नेभाडाको लास भेगासस्थित ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन नियम उल्लङ्घनको आरोपमा पक्राउ गरेको थियो’ आइसीईले एक विज्ञप्तिमा भनेको छ ।
‘लेम अप्रिल ३० मा संयुक्त राज्य अमेरिका प्रवेश गरे र भिसाको सर्तहरू नाघेर बसे । त्यसपछि उनलाई हिरासतमा लिइयो तर सोही दिन रिहा गरियो । युनिसेफको सद्भावना दूत रहेका इटालियन नागरिक त्यसपछि अमेरिका छोडेर गएका छन्’ आइसीईले भनेको छ ।
मंगलबार बिहानसम्म लामेले घटनाको बारेमा सार्वजनिक रूपमा कुनै पोस्ट गरेका थिएनन् । यद्यपि, ब्यारोन ट्रम्पका नजिकका सहयोगी, सामाजिक सञ्जालका प्रभावकार बो लाउडनले एक्समा यस घटनाको बारेमा पोस्ट गर्दै लामेलाई लास भेगासमा पक्राउ गरिएको र हेन्डरसन डिटेन्सन सेन्टरमा राखिएको दाबी गरे ।
सेनेगलमा जन्मेका लामे एक इटालियन नागरिक हुन् जो १६ करोड २२ लाख फलोअर्सका साथ अत्यधिक लोकप्रिय टिकटक सामाजिक सञ्जालको शीर्षस्थानमा छन् । कोभिड-१९ महामारीको समयमा इन्टरनेटमा उपलब्ध ट्यूटोरियल र सुझावहरूको मजाक उडाउने मौन भिडियोमार्फत पहिचान बनाएका थिए ।
२८ जेष्ठ २०८२, मंगलवार १५:१९ प्रकाशित