हाँस्ने शैलीबाट थाहा हुन्छ मान्छेको स्वभाव
  • काँचुली खबर

२६ जेठ, काठमाडौं । भनिन्छ जो हाँस्छ उही बढी बाँच्छ । चिकित्सकबाट नै प्रमाणित कुरा हो हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक छ । हाँसो भनेको एक प्रकारको औषधि नै हो जसका धेरै फाइदा छन् ।

सामान्यतया व्यक्ति अनुसार, हाँसो पनि फरक फरक हुन्छ । कोही हाँस्दा मुसुक्क मुस्कुराउँछन् भने कोही दिल खोलेर हाँस्छन् । समुन्द्र शास्त्र अनुसार, व्यक्तिको हाँस्ने शैलीका आधारमा उसको स्वभाव पत्ता लगाउन सकिन्छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यसरी थाहा हुन्छ हसाँइबाट स्वभाव

खित्का छाडेर हाँस्ने व्यक्ति : जो व्यक्ति दिल खोलेर अर्थात् खित्का छाडेर हाँस्छन्, त्यस्ता व्यक्ति निकै उत्साही प्रवृत्तिका हुन्छन् । त्यस्ता व्यक्तिको बौद्धिक क्षमता पनि सामान्य भन्दा बढी हुन्छ । यस्ता व्यक्ति निकै सहनशील पनि हुन्छन् । उनीहरूको मनमा कुनै पनि प्रकारको छलकपट हुँदैन । यति मात्र होइन यस्ता व्यक्ति परेको बेला जे पनि सहयोग गर्न तयार हुन्छन् ।

जोड-जोडले आवाज निकालेर हाँस्ने व्यक्ति : कोही व्यक्ति हाँस्दा जोड सँग आवाज निकाल्छन् । जो त्यसरी हाँस्छ त्यस्ता व्यक्ति निकै स्वाभिमानी तथा मेहनती हुन्छन् । प्राय यस्ता व्यक्ति जीवनमा सफल पनि हुन्छन् ।

मन्द मुस्कानसहित हाँस्ने व्यक्ति : जुन व्यक्ति मुसुक्क मुस्कुराएर हाँस्छन् उनीहरू निकै बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्ति चाँडो रिसाउँदैनन् । यिनीहरू कठिन समयमा धैर्यताका साथ आफ्नो काम सफल गर्छन् ।

रोकिएर हाँस्ने व्यक्ति : केही व्यक्तिको बानी रोकिने र हाँस्ने हुन्छ । समुन्द्रशास्त्र अनुसार, यस्ता व्यक्तिको बौद्धिक क्षमता सामान्य हुन्छ । यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिन्छन् । तर यसरी हाँस्ने व्यक्तिको बचत गर्ने बानी भने विशेष प्रकारको हुन्छ ।

एजेन्सीको सहयोगमा

  • २७ जेष्ठ २०८२, सोमबार १३:४७ प्रकाशित
  • Nabintech