८ बैशाख २०८१, शनिबार
१७ वर्षपछि बिन लादेनकी आमाले तोडिन् मौनता
  • काँचुली खबर

पहिलो पटक ओसामा बिन लादेनकी आमा आलिया घानेमले अन्तर्वार्ता दिएकी छिन् ।

द गार्जियनका मार्टिन चुलोभले साउदी अरेबियाको जेद्दाहमा लिएको अन्तर्वार्ता यसकारण पनि महत्वपूर्ण छ किनभने ९|११ को आतंकवादी हमलाका मास्टरमाइन्ड भनिएका बिन लादेन र उनकी आमा निकै नजिक थिए ।

घानेमको अन्तर्वार्ताले उनी र उनको छोराबीचको सम्बन्धको पाटाहरुलाई उजागर गर्दछ । घानेम बिन लादेनलाई ‘ज्ञानी र आफूलाई नकै माया गर्ने छोरा’ को रुपमा स्मरण गर्छिन् ।

हाल मध्य ७० को उमेर आसपास रहेकी घानेमका अनुसार उनले ओसामा ३ वर्षको हुँदा निकै धनी मोहमद बिन लादेनसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । ओसामा मोहमद र उनको एक मात्र सन्तान हुन् ।
मोहमदको भने अन्य २० पत्नीबाट ५३ सन्तान थिए । ओसामा १० वर्षको हुँदा उनको विमान दुर्घटनामा मृत्यु भएको थियो ।

सम्बन्ध विच्छेदपछि घानेमका दोस्रा पती मोहमद अल–अतासले ओसामालाई हुर्काए ।

बिन लादेनको निर्माण व्यवसाय मध्यपूर्वकै ठूलो मध्ये एक मानिन्छ त्यही भएर घानेम र उनको परिवार जेद्दाहको पौस क्षेत्रमा बस्थे ।

गार्जियनका अनुसार ३२ वर्षीय साउदी राजकुमार मोहमद बिन सलामानले अनुमति दिएपछि घानेमले पहिलो पटक अन्तर्वार्ता दिएकी हुन् । यसरी अन्तर्वार्ताको अनुमित दिनुमा साउदी ‘रुची’ प्रष्ट छ – उनीहरु ओसामाले साउदीबाट कुनै सहयोग पाएको भन्ने तर्कलाई गलत साबित गर्न चाहन्छन् । जबकी ९÷११ का पीडित परिवारसँग जारी कानूनी लडाईंमा साउदीमाथि सो आरोप लगाइएको छ । अन्तर्वार्ताका दौरान साउदी सरकारका प्रतिनिधिको पनि उपस्थिति

यो मुद्दा अझै टुङ्गिएको छैन तर ओसामालाई साउदी सरकारले सहयोग गरेको ठोस प्रमाण छैन । किनभने ओसामा आफै साउदी राजतन्त्र विरोधी थिए ।

अन्तरवार्तामा ओसामाकी आमाले प्यालेस्टाइनी गुरु अब्दुल्लाह अजाममाथि सन् १९८० ताका अफगानिस्तानमा सोभियतविरुद्ध ‘धार्मिक युद्ध’ लडिरहेका आफ्नो २० वर्षीय युवा छोराको ‘ब्रेनवास’ गरेको र जिहादी बनाएको आरोप लगाएकी छिन् ।

अजामको सन् १९८९ मा पाकिस्तानमा हत्या भएको थियो । उनी ओसामाको गुरु थिए तर उनले ओसामालाई अमेरिकामाथि आक्रमण गर्न निर्देशित गरेका थिएनन् ।

ओसामाकी आमाले आफू सिरियाको अलाविट भएको पनि बताइन् । अलाविजम शिया इस्लामको एक अंश हो । यो कुरा धेरै पहिलेदेखि आशंका गरिँदै आएको थियो । यसले ओसामाको पृष्ठिभूमिको एउटा महत्वपूर्ण कडी जोड्न पनि मद्दत गर्छ । आफ्नो आमा अलाविट भएको कारण ओसामाले अन्य आईएसआईएसजस्ता शुन्नी जिहादीसमूह जस्तै कहिल्यै पनि शियाबिरुद्ध युद्ध गरेनन् न त युद्धको वकालत नै गरे ।
घानेमा अनुसार ९र११ को घटना भएको ४८ घण्टाभित्र यसमा आफ्नो छोरा ओसामाको हात भएको थाहा पाएकी थिइन् । उनले आफू ‘स्तब्ध’ भएको बताउँदै भनिन्, ‘हामी उनीबाट लज्जित थियौँ र यसको हामी ठूलो मूल्य चुकाउनुपर्छ भन्ने थाहा थियो ।’ उनीहरुको परिवारलाई साउदी अधिकारीहरुले सोधपुछ गरेको थियो भने लामो समय देश नछाड्न आदेश दिएको थियो ।

सन् २०११ अमेरिकी न्याभी सिलले गरेको अपरेशनका दौरान पाकिस्तानको अबोटाबादमा ओसामा मारिएका थिए । उक्त घटनामा बाँच्न सफल ओसामाकी तीन पत्नीसँग आफ्नो निरन्तर सम्पर्क भइरहने पनि घानेमले बताइन् । उनीहरु साउदी अरेबियामा रहेका छन् तर उनीहरुले देश छाड्न पाउँदैनन् ।

ओसामाकी आमाले आफ्नो तस्विरसमेत खिच्ने अनुमति दिएकी छिन् जबकी साउदीमा महिलाको अनुहारको तस्विर खिच्नु सामान्य मानिँदैन ।

उनका अनुसार उनले सन् १९९९ मा अफगानिस्तानको कान्दाहारमा आफ्नो छोरालाई भेटेकी थिइन् । यसको ठीक एक वर्षअघि अफ्रिकामा दुई अमेरिकी राजदूतावासमा भएको अलकायदाको हमलामा २ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।

ओसामामा मुख्य बडिगार्ड अबु जान्दलका अनुसार साउदी सरकारको ‘आज्ञा’ अनुसार घानेम कान्दाहार पुगेकी थिइन् ताकी ओसामालाई आतंकवादको बाटो त्याग्न प्रेरित गर्न सकून् । तर यो कुरा अन्तर्वार्तामा उल्लेख गरिएको छैन ।

जान्दलका अनुसार जवाफमा ओसामाले आफूले आमाको सम्मान गर्ने बताउँदै जिहाद रोक्न नसक्ने बताएका थिए ।

  • १९ श्रावण २०७५, शनिबार १५:०० प्रकाशित
  • Nabintech