थाइल्याण्डकी ओपल बनिन ७२औं विश्व सुन्दरी
  • काँचुली खबर

१८ जेठ, काठमाडौं । ७२औं मिस वर्ल्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिबार बेलुका भारतको तेलांगानास्थित हैदराबादमा आयोजित फिनालेमा उनले उपाधि जितिन् ।

विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्‍याइदिइन् । इथियोपियाकी उपविजेता घोषित भइन् । पोल्याण्ड र मार्टिनिकका क्रमशः तेस्रो र चौंथो उपविजेता घोषित भए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अन्तिम चारमा अमेरिका तथा क्यारेबियनबाट मार्टिनिक, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्याण्ड र एसियाबाट थाइल्याण्डबीच प्रतिस्पर्धा भएको थियो ।

महत्वपूर्ण विधा ‘ब्युटी विथ अ पर्पस’को उपाधि इन्डोनेसियाले जित्यो ।

यसवर्षको प्रतियोगितामा नेपालसहित १०८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । नेपाल अन्तिम ४० मा समेटिन सकेन । नेपालबाट सृच्छा प्रधानले सहभागिता जनाएकी थिइन् ।

कोभिड संकटको बेला मानवीय कार्यमा सघाएको भन्दै बलिउड अभिनेता सोनु सुदलाई मिस वल्र्ड हुमानिटरियन अवार्ड प्रदान गरिएको थियो । सुद प्रतियोगिताका जज पनि थिए । अभिनेता सुदलाई साउथ स्टार राणा दगुबातीले अवार्ड प्रदान गरे ।

  • १९ जेष्ठ २०८२, आईतवार १२:२५ प्रकाशित
  • Nabintech