१३ जेठ, काठमाडौं । ८ वर्षिया नेपालीभाषी बालिका विनिता क्षेत्री बेलायतको लोकप्रिय टेलिभिजन रियालिटी शो ‘ब्रिटेन्स गट् ट्यालेन्ट’को फिनालेमा प्रवेश गरेकी छन् ।
बेलायतको समयानुसार आउने शनिबार बेलुकी ७ बजे शोको ग्राण्ड फिनाले हुँदैछ । सेमीफाइनलमा प्राप्त पब्लिक भोट र सानदार प्रस्तुतिसँगै उनी फिनालेमा प्रवेश गरेकी हुन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अडिसनको बेला शोका चारै जजले उभिएर सम्मान व्यक्त गरेका थिए । उनले कन्टेम्पोररी र एक्रोब्याटिक शैलीमा नृत्य प्रस्तुति दिएकी थिइन् । लचकदार शरिरमार्फत उनले जसरी प्रस्तुति दिइन्, प्रस्तुतिमा चारै जजले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
‘ब्रिटेन्स गट ट्यालेन्ट मेरो सपनाको मञ्च हो र म जित्न चाहन्छु’ प्रस्तुति दिनुअघि शोमा आउनुको कारणबारे जजहरूले उनलाई सोधेका प्रश्नमा उनको जवाफ थियो, ‘यो जितेपछि म प्रिन्स र प्रिन्सेस बस्ने घर किन्न चाहन्छु ।’ उनको यो बालसुलभ जवाफलाई समेत निकै रुचाइयो ।
भारतको पूर्वोत्तर आसामकी बालिका विनिता बुवासँगै यतिबेला लण्डनमा छिन् । जादूकार ह्यारी मौल्डिङ, सांगीतिक समूह ‘हियर आवर भ्वाइस’ र नृत्यांगना जस्मिन राइससहित विनिता टपटेन फाइनलिस्ट बनेकी हुन् । विजेताले २ लाख ५० हजार पाउण्ड प्राप्त गर्नेछ ।
१४ जेष्ठ २०८२, मंगलवार १९:३१ प्रकाशित