शान्ति सुरक्षाकालागी समुदायसँगको सहकार्य आवश्यक : डिएस्पी खनाल
  • काँचुली खबर

५ जेठ, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मी खनालले कोहलपुर क्षेत्रको शान्ति सुरक्षाकालागी समुदायसँगको सहकार्य आवश्यक रहेको बताएकी छन । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी खनालले समुदायसँगको समन्वय बिना शान्ति सुरक्षा सम्भव नहुने भन्दै कोहलपुरलाई अपराधमुक्त, सुरक्षित र अनुशासित नगर बनाउने आफ्नो उद्देश्य रहेको बताइन् ।

उक्त लक्ष्य हासिल गर्न नागरिक, व्यापारी, संघ-संस्था सबैको साथ आवश्यक रहेको उनले उल्लेख गरिन्।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

हालै सरुवा भई ईलाका प्रहरी कार्यालय कोहलपुरको नेतृत्व सम्हालेकी प्रहरी प्रमुख (डिएसपी) खनाललाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष प्रदिप भट्टराईले डिएसपी खनालप्रति स्वागत व्यक्त गर्दै सुरक्षा निकाय र व्यापार क्षेत्रबीच राम्रो समन्वय रहनु आवश्यक रहेको बताए । कोहलपुरमा शान्ति सुरक्षाको अवस्था अझ बलियो बनाउने विश्वास नयाँ डिएसपीप्रति रहेको उनले जनाए ।

पूर्व अध्यक्ष चिन्तामणि धितालले व्यवसायीहरूको मुख्य चाहना शान्ति, सुरक्षा र अमनचयन रहेको उल्लेख गर्दै शान्ति सुरक्षाको प्रत्याभूति अझ मजबुत पार्नुपर्ने धारणा राखे ।

संघका निवर्तमान अध्यक्ष लक्ष्मणराज पौडेलले कोहलपुरमा लागूपदार्थ दुर्व्यसन प्रयोगकर्ताहरूको संख्या बढिरहेको बताउँदै त्यसतर्फ प्रहरी प्रशासनलाई चनाखो रहन आग्रह गरे । साथै, दशबिगाहा, न्यूरोड, चप्परगौडी लगायतका क्षेत्रमा रातको १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिने वातावरण मिलाउन पनि अनुरोध गरे ।

पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रहरी र नागरिकबीच सहकार्य र समन्वय अपरिहार्य रहेको र त्यसले मात्रै दिगो शान्ति तथा व्यवस्थित व्यवसायिक वातावरण निर्माणमा सहयोग पुग्ने बताए ।

कार्यक्रमले प्रशासन, प्रहरी र व्यवसायी समुदायबीच विश्वास र समन्वयलाई थप सुदृढ बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

संघका अध्यक्ष प्रदिप भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रूपमा संघका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघका पूर्व सदस्य नरेन्द्र प्रसाद शर्मा सहभागी थिए । पूर्व अध्यक्षहरू राजेन्द्र श्रेष्ठ, चिन्तामणि धिताल, निवर्तमान अध्यक्ष लक्ष्मणराज पौडेल, विभिन्न संघसंस्था, राजनीतिक दलका प्रतिनिधिहरू, व्यापारी, स्थानीय अगुवाहरू तथा नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो ।

  • ६ जेष्ठ २०८२, सोमबार १९:०६ प्रकाशित
  • Nabintech