५ नं. प्रदेशकी साँसद पार्बती पुन गहतराज ‘ऊषा’ ले आप्mनो निर्वाचन क्षेत्रको अनुगमन गरेकी छन । शुक्रबार गृहजिल्ला आएकी साँसद पुनले बाँके निर्वाचन क्षेत्र नं. २ को बाढी तथा डुबान प्रभावित क्षेत्रको निरिक्षण गरेकी हुन ।
डुढुवा गाँउपालिकाको डुढुवा नालाका कारण वर्षेनी कटान तथा डुवानको समस्या बढ्दै गएपछि त्यसको नियन्त्रणकालागि अपनाउन सकिने सावधानीको लेखाजोखा गर्न साँसद पुन अनुगमनमा पुगेकी हुन । डुडुवा नालामा गरिने तटबन्ध, कण्ठीपुरको पुल लगायत नदि कटान क्षेत्रको निरिक्षण गरेकी साँसद पुनले नाला कटान तथा डुवानको समस्या समाधानकालागि आवश्यक योजना तर्जुमा गर्ने प्रतिवद्धता जनाएकी छन ।
उनले चालु आर्थिक वर्षमा नाला कटान रोक्नकालागि केही बजेट तर्जुमा भईसकेले केही हदसम्म समस्या सामाधान हुने विश्वास समेत ब्यक्त गरिन । साँसद पुनसँगै जनप्रतिनिधि तथा पत्रकारहरु समेत अनुगमनमा सहभागी भएका थिए ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

१८ श्रावण २०७५, शुक्रबार २१:२८ प्रकाशित