१ जेठ, काठमाण्डौं । टेरामक्स घोटाला प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दामा तत्कालीन सञ्चारमन्त्री बस्नेत र कांग्रेसकै अर्का नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएको बेलामा टेरामक्स खरिद प्रकरणमा अर्बौ भ्रष्टाचार भएको दावीसहित अख्तियारले अनुसन्धान गरिरहेको थियो ।
तीन अर्ब २१ करोड ७७ हजार बिगो मागवादी गरिएको भ्रष्टाचार मुद्दा दर्ता भएको छ । बस्नेतले तत्कालीन मन्त्रीको जिम्मेवारीमा छँदा टेरामक्स खरिद प्रक्रिया अघि बढाएकोमा तत्कालीन अर्थमन्त्री कार्कीले बजेट स्वीकृत गरेका थिए । उक्त प्रकरणमा ‘ठूला माछा’को संलग्नता देखिएको भन्दै संसदमा समेत छानबिनको माग उठेको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल, सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, निर्देशकहरु विजयकुमार राय, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, उपनिर्देशकहरु रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्दिप अधिकारी, परामर्शदाता भ्यानराइज सोलुसन सालका सीईओ जमल अनौती, कनेक्सन ट्रेड लिंकका अध्यक्ष दिलिपकुमार गुरुङ्ग र निर्देशक तेजप्रसाद खरेललाई पनि विपक्षी बनाएको छ ।
२ जेष्ठ २०८२, बिहीबार १३:२३ प्रकाशित