बैजनाथमा रक्तदान, १ सय ८१ पिन्ट रगत संकलन
  • काँचुली खबर

११ चैत्र, बैजनाथ (बाँके) । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. २ डिगियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बैजनाथमा रहेका करीब ३२ सहकारीका सदस्यहरुले रक्तदान गरेका छन ।

६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बाँके जिल्लामा रहेका ८ वटा बिषयगत संघ संगठन र बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा डिगियास्थित नौबस्ता साना किसान सहकारी संस्था लि। को कार्यकक्षमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा १ सय ८१ पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाईटी कोहलपुरका प्रमुख राजेन्द्र महतराले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले रगत अभावबाट बिरामीहरुले पाउने प्रताडनलाई कम गर्न परोपकारी मनहरुबाट उत्साहपुर्ण तवरले स्वतस्फुर्त रक्तदान भएको उल्लेख गरे । निकै दुर्लव मानिएका रक्त समुहका नागरिकहरुले समेत रक्तदान गरिरहेको उल्लेख गर्दै महतराले कार्यक्रमकै विचमा शिक्षण अस्पतालमा उपचारका क्रममा रहेका एक विरामीलाई ओ नेगेटिभ रगत समेत प्रदान गरिएको बताए ।

जिल्ला सहकारी संघ, जिल्ला ऋण तथा वचत सहकारी संघ, बहुउद्देश्यीय जिल्ला सहकारी संघ, जिल्ला कृषि सहकारी संघ, जिल्ला सामाजिक उद्यमी महिला सहकारी संघ, राष्ट्रिय सहकारी बैंक लि., नेफ्स्कुन सदस्य सेवा केन्द्र बाँके र बाँके जिल्ला स्थित सम्पुर्ण प्रारम्भिक सहकारीहरु आयोजक रहेको मुल आयोजक समितिले जिल्ला भरि नै विविध कार्यक्रम गर्ने क्रममा आज बैजनाथ २ लाई केन्द्र बनाई रक्तदान कार्यक्रमको आयोजना गरेको र भोलि १२ गते कोहलपुरमा रक्तदान हुने मुल समारोह समितिका संयोजक प्रेम प्रसाद सुवेदीले बताएका छन ।

बैजनाथ गाउँपालिकाको ५० हजार र विभिन्न सहकारीहरुको सामाजिक उत्तरदायित्व अन्तरगतको बजेटबाट खर्च ब्यबस्थापन गर्नेगरि आयोजित कार्यक्रममा सहकारी अभियान्ताहरु लोकेन्द्र बहादुर चन्द, कृष्ण वि.के., जगत वहादुर विसि, चन्द्रकला लामिछाने, श्याम देवकोटा, शेर वहादुर वस्नेत, कमला बुढा लगाएत बिभिन्न सहकारी सम्बद्ध शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

  • १० चैत्र २०८१, सोमबार १७:५२ प्रकाशित
  • Nabintech