१३ बैशाख २०८१, बिहीबार
अथककाे ‘अथक’ प्रयासपछि राप्तिपारि बिद्युत बिस्तार हुँदै
  • काँचुली खबर

संघिय साँसद महेश्वर गहतराज (अथक) काे अथक प्रयासबाट बाँकेकाे राम्ती सोनारी र नरैनापुरमा बिजुली बाल्ने कार्य अन्तिम चरणमा पुगेकाे छ । बाँकेबाट  निर्वाचित साँसद अथकको निरन्तरको पहलकदमी र सक्रियताका बाबजुद नरैनापुर र राप्तीसोनारीका जनताले छिट्टै बिधुत बाल्न पाउने भएका छन । बिगत सात आठ बर्ष देखी अबरोध रहेको उक्त कामलाइ यहि मिति २०७५/०४/१० को मन्त्री परिसद्को बैठकबाट कोहलपुर-धामपुर ३३ के.बि. प्रसारण लाइनको राइ अफ वे निर्माणका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ। यसले राप्ती सोनारी र नरैनापुरको बिधुतिकरण अब सहज हुनेछ र अबको ४/५ महिनामा नरैनापुर बासीले बिजुली बाल्न पाउने छन ।

अथक भन्छन, ‘मैले निर्वाचनताका भन्ने गरेको तिन वटा महत्वपूर्ण काम मध्यको यो काम एउटा हो । यस क्षेत्रका सबै वडालाई बिधुतिकरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । अर्को महत्त्वपूर्ण काम भनेको राप्ती नदिको दुबै साइड तटबन्ध गरेर आज सम्म हुने गरेको धनजनको सुरक्षा र खेतीयोग्य जमिनलाइ बचाएर उक्त जमीनलाइ कृषि हब बनायर बाँकेमा नै उत्पादन भएको चिजलाइ नेपालभर पुर्यायर यहाँका जनताको जनस्तर माथी उठाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । यसका लागी जनता तटबन्ध आयोजना र सिचाइ मन्त्रालय निरन्तर धाइरहेको छु । र यस्तै यो निर्वाचन क्षेत्रका सबै वडालाइ सडक सङ्ग जोड्ने प्रतिबद्धता व्यक्त गर्न व्यक्त गर्न चाहन्छु ।’

उनले बाँकेकाे राप्तिपारि बिद्युत बिस्तारकालागि सहयाेग गर्ने नेपाल बिधुत प्राधिकरण, बिधुत बिकास बिभाग र बन तथा वातावरण मन्त्रालयलाई  धन्यवाद समेत दिएका छन । बाँकेको  बिधुतिकरणलाई बिशेष चासोका साथ पहलकदमी लिएका उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री बर्षमान पुन र बन तथा वाताबरण मन्त्री शक्ती बहादुर बस्नेतका साथै नेपाल बिधुत प्राधिकरणको प्रमुख कुलमान घिसिड., बिधुत बिकास बिभागका प्रमुख नबिन सिहं लगायत सबैप्रति साँसद अथकले आभार समेत ब्यक्त गरेका छन ।

  • १७ श्रावण २०७५, बिहीबार १२:३३ प्रकाशित
  • Nabintech