२४ माघ, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभामा सरकारले प्रस्तुत गरेका अध्यादेश स्वीकृत गर्न सघाउन मधेस प्रदेशको मुख्यमन्त्री र केन्द्रमा गृह मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसहित उपप्रधानमन्त्री मागेको छ ।
अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्षसँग भएका छुट्टाछुट्टै भेटमा ती सर्त तेर्स्याएका हुन् । राष्ट्रियसभामा अध्यादेश पारित गर्न जसपा नेपालबिना सत्ता पक्षलाई गाह्रो भएपछि सहयोगका लागि यादवले ठूलै माग प्रस्तुत गरेका हुन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बुधबार साँझ देउवासँग र बिहीबार बिहान प्रधानमन्त्री ओलीसँग भएका भेटमा यादवले संघमा गृह र स्वास्थ्य मन्त्रालयमध्ये एक मन्त्रालय उपप्रधानमन्त्रीसहित मागेको कांग्रेसका एक नेताले जानकारी दिए ।
ती नेताले भने, ‘उहाँले अध्यादेश पास गर्ने तर आफूलाई उपप्रधानमन्त्रीसहित गृह अथवा स्वास्थ्य मन्त्रालय दिनुपर्ने माग राख्नुभएको छ । त्यसमा सहमति जुटेको छैन ।’
त्यतिमात्र होइन यादवले देउवा र ओलीसँग मधेस प्रदेशको मुख्यमन्त्री पनि जसपा नेपालले पाउनु पर्ने माग राखेका छन् ।
यादवका यी माग सम्बोधन गर्न कांग्रेस एमाले तयार भइसकेका छैनन् । यादवसँग सहमति नभएकाले आज प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेस गर्ने भनिएका अध्यादेश पेस भएनन् ।
जसपा नेपाल सरकारलाई आफू बिना गाह्रो हुने देखेर अध्यादेशबारे अध्ययन गर्न कार्यदल बनाएको थियो । उपाध्यक्ष राजकिशोर यादव नेतृत्वको कार्यदलले प्रतिवेदन तयार गरी पार्टी अध्यक्ष यादवलाई बुझाइसकेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए । २९ पुसमा थप चारवटा र २ माघमा अर्को एउटा अध्यादेश जारी भएका थिए । सबै अध्यादेश संसदमा पेस भइसके पनि राष्ट्रियसभामा सत्तापक्षको जसपा नेपालबिना बहुमत नपुग्ने भएकाले सरकारले निर्णयार्थ पेस गरेको छैन ।
जसपा नेपालले संघ र प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन गरेको छ तर, सरकारमा सहभागी भएको छैन ।
जसपा नेपाललाई फकाउन सत्ता र प्रतिपक्ष दुवैतर्फका नेताहरू लागिपरेका छन् ।
२४ माघ २०८१, बिहीबार १७:५५ प्रकाशित